सिन्धुलीमा विषालु सर्पको त्रास बढ्यो 

What's This?


Download our app to get more features

सिन्धुली, ८ कार्तिक । जिल्लाको भित्री मधेशका रुपमा चिनिने कमलखोंच क्षेत्रमा विषालु सर्पको त्रास बढेको छ ।

त्यस क्षेत्रमा सामान्यदेखि विश्वमा दुर्लभ मानिने  कालो कोभ्रासम्मका अनौठा जातका सर्प ठूलो संख्यमा भेटिन थालेपछि यहाँका स्थानीयमा त्रास बढेको हो । 

बर्सेनी सर्पको डसाईबाट पीडित हुँदै आएका कमलाखाेंचकावासी नयाँ जातिको सर्प देखिन थालेपछि त्रसित भएका हुन् । ती सर्पले शनिबारमात्र स्थानीय दुई जनालाई डसेको सर्पदंश उपचार केन्द्र दुधौलिले जानकारी दिएको छ । 

गत एक महिनामा मात्र ९ जनलाई विषालु कोभ्राले डसेको स्थानीयको भनाई  छ । कमलाखोंच क्षेत्रमा यसअघि सामान्य सर्पका साथै करेंट, हर्रेउ, र गोमन सर्पमात्र देखिने गरेका थिए । तर पछिल्लो समय यस क्षेत्रमा कोरल, मुर्गा, पानीराज कोभ्रा र ब्ल्याक कोभ्रा जातका सर्पसमेत देखिन थालेको स्थानीय बताउँछन ।

 यो क्षेत्रका सर्पले गत ६ महिनाबीचमा मात्र ३ वटा गाविसका २७ जनालाई डसेको सिर्थौली १ डकाहाका रमेश घिमिरेले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Last modified on 2017-08-11 16:09:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts