रगतको चरम अभावले  बिरामीको बिचल्ली 

What's This?


Download our app to get more features

काठमाडौं,९ कार्तिक । शल्यक्रिायको लागि आवश्यक पर्ने रगत उपलब्ध गराउँदै आएको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा रगको मौजाद सकिएको छ । चाडपर्वको बेला रक्तदाता उपत्यकाबाहिर गएकाले रगत संकलनमा कमी भएसँर्गै अभाव बढेको हो ।

रगत खोज्दै केन्द्र पुग्ने सेवाग्रहीले समयमै रगत पाउन सकेका छैनन् । सप्तरीका धीरेन्द्र राय यादव मामा राम एकवाल राय यादवको पेट शल्यक्रिायका लागिआवश्यक रगत खोज्न बैंकको कार्यालय बालकुमारी पुगे । अपराहनसम्म बैंकमा रक्तदाता नआएपछि उनले रगत पाएनन् । 

 '४ पोका रातो र ४ पोका सेतो रगत ठीक गर्न डाक्टरले भनेका छन्', धीरेन्द्रले भने 'विहानै आएको रगतै पाइएन ।' 'बैंकले रगत छैन दाता बोलाउनु भन्छ तर मैले चिनेको कोही छै न।' 

'चिकित्सकले मंगलबार शल्यक्रिया गर्नुपर्छ भनेका छन् अब रगत नपाएपछि कसरी गर्ने होला' भन्दै धीरेन्द्रले गुनासो गरे । धीरेन्द्रको मामा रामएकवाल असोज ३० गतेदेखि वीर अस्पतालमा उपचाररत छन ।

बुबा जय लामाको मुटुको अप्रेसनका लागि रगत खोज्दै गंगाला हृदय केन्द्र बाँसबारीबाट बैंक आइपुगेका सुब्बा लामा पनि रगत नपाएपछि बैंक प्रांगणमा टोलाइरहेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

Last modified on 2017-08-10 17:51:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts