मणिपाल अस्पतालमा नेपाली चिकित्सक आन्दोलित,पठन–पाठन ठप्प

What's This?


Download our app to get more features

कास्की ११, कार्तिक । भारतको मणिपाल समूहले  सञ्चालन गरेका पोखराको फूलबारीस्थित  मणिपाल  शिक्षण अस्पतालमा कार्यरत नेपाली चिकित्सक आफूहरुमाथि  विभेद भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै कारण दुई महिनादेखि एमबिबिएसको पठनपाठन ठप्प छ । 

शिक्षण अस्पतालमा ७ भदौदेखि पठन-पाठन ठप्प  भएको हो । आफूसरह एउटै पदमा काम गर्ने भारतीय चिकित्सकको तुलनामा नेपाली चिकिकत्सकको सेवा सुविधा  न्यून रहेको नेपाली चिकित्सकहरुको भनाइ छ ।

उनीहरुले आफूहलाइ पनि भारतीय चिकित्सकलाइ जस्तै सेवा सुविधा  दिन दिन माग गरेका छन् । नेपाली चिकित्सिकहरुले २९ असारमै अस्पताल प्रशासनलाइ तीनबुँदे मागपत्र बुझाएको थियो । मागको कुनै सुनुवाइ नभएको भन्दै उनीहरु ७ भदौबाट आन्दोलनमा उत्रिएका हन् । 

नेपाली चिकत्सकले प्रशासनलाइ कक्षा नलिने बताएसँगै अस्पताल प्रशासनले विदार्थीलाइ पढाइ नुहेन बताएर विदा दिएको थियो । पठनपाठन बन्द भएपनि  स्वास्थ्योपचार सेवा भने सुचारु रहेको छ । आन्दोलन सुरु भएयता अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच सामान्य कुराकानी नभएका बताइएको छ ।

 चिकित्सकले आन्दोलन सुरु गरेसँगै केही समयपछि दसैं सुरु भएकाले दसैं मनाउन भारत गएका अस्पतालका अधिकांश  मुख्य व्यक्ति, डिन,प्रिन्सिपल, डाइरेक्टर तथा प्रशासक अहिलेसम्म फर्केका छैनन् । पठन–पाठन ठप्प हुँदा त्यसको प्रत्यक्ष असर एमबिबिएस अध्ययनरत विद्यार्थीलाइ  परेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचर छ । –फाइल फाेटाे

Last modified on 2017-08-13 11:27:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts