ठूला अस्पतालमै छैनन विशेषज्ञ चिकित्सक

What's This?


Download our app to get more features

काठमाडौं ११, कार्तिक । दुर्गममा चिकित्सकहरुमो अभाव भइरहेका अवस्थामा सुगमका अस्पतालहरुमा पनि ठूलो संख्यमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका जिल्ला, अञ्चल उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीय अस्पतालमा गरी देशभर चार सय ५८ विशेषज्ञ चिकित्सक खाली रहेका छन् ।

तिनमा मन्त्रालयमा दरबन्दी रहेको १२ औं तह सचिवस्तरको प्रमुख विशेषज्ञदेखि लिएर नौं तहका विशेषज्ञ चिकित्सकसमेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खाली रहेकामा १२ औं तहका २ जना, ११ तहका १ सय २० जना तथा नवौं र १० औं तहका ३ सय ३८ जना छन् ।

 ९ र १० तहमा ३ सय ३८ खाली 

सरकारले विभिन्न अस्पतालमा छुट्टाएको दरबन्दी अनुसर  ९ र १० औं तहका तीन सय ३८ विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको छ । खाली रहेकामध्ये विरामीलाइ शल्याक्रिया गर्दा अनिवार्य चाहिने एनेस्थेसियालाेजिलिस्टहरुको धेरै दरबन्दी खाली रहेको छ ।

देशभरमा ४५ वटा दरबन्दी रहेकामा सो समूहको ३० दरबन्दी खाली रहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Last modified on 2017-08-13 11:26:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts