उपेन्द्र देवकोटोले छाेडेदेखि नै रिक्त छ वीरमा न्यूरोसर्जनको दरबन्दी 

What's This?


Download our app to get more features

काठमाडौं ११, कार्तिक । २० जनाको दरबन्दी रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्टकाे मा ११ जना रिक्त छन् । त्यसैगरी, १३ जना एनेस्थेसिया दरबन्दीमा ९ जना खाली, ३ जना काडियोलोजिस्टमा २ खाली, ५ जना नेफ्रोलोजिस्टमा ४ जना खाली, एउटा न्यूरोलोजिस्टको दरबन्दी रहेकोमा त्यो पनि खाली रहेको छ ।  

वीर अस्पतालमा रहेको सो दरबन्दी वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द देवकोटोले छोडेपछि अहिलेसम्म खाली नै रहेको छ । त्यसैगरी २० जना गाइनोलोजिस्टको दरबन्दी रहेकोमा १२ जना खाली रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी १९ जना जनरल प्राक्टिसका चिकित्सकको दरबन्दी रहेकोम ८ ओटा खाली, १५ जना जनरल सर्जनको ठाउँमा ८ जना खाली, २० जना प्याडाट्रिक चिकित्सकको दरबन्दी रहेकोमा ८ जना खाली रहेको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ । 

Last modified on 2017-08-13 11:26:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts