दोश्रो 'नाउस युरोकन-२०१६' हुँदै ।

What's This?


Download our app to get more features

चैत्र २३, काठमाण्डौ  । नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स ‘नाउस’ को आयोजनामा यही चैत्र २५ दोश्रो नाउस युरोक-२०१६ हुने भएको छ ।

हरेक दुई दुई बर्षको अन्तरालमा हुने युरोकोनको यो दोश्रो सम्मेलन हो । सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ २५ गते बिहिबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हुनेछ । त्यस्तै २६ गते र २७ गते बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल होटल हायातमा हुनेछ । प्रि कन्फ्रेन्स बर्कशपमा युरोकोनका साइन्टिफिक चेयरम्यान समेत रहनुभएका बरिष्ठ युरोसर्जन प्रा.डा. प्रेमराज ज्ञवाली सँगै भारतबाट आउनुभएका दुईजना र चीनबाट आउनुभएका एकजना युरोसर्जनरुले ५ वटा शल्यकृया गर्नुहुनेछ । उहाँहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा-रेनल सर्जरी र दुइवटा प्रोस्टेट सर्जरी गर्न कार्यक्रम रहेको छ ।  जसको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको अपरेशन थियटरबाट अस्पतालकै दोश्रो तल्ला स्थित सभाकक्षमा प्रत्यक्ष प्रसारण गरिने अस्पतालका मिडिया म्यानेजर विनोद अधिकारीले जानकारी दिनुभयो  । देश बिदेशका नयाँ युरो-सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको वरिष्ठ यूरोसर्जन डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।  सम्मेलनमा नेपाल भारत चीन कुवेत सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहने जनाईएको छ ।

Last modified on 2016-04-05 19:40:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts