सिभिल अस्पतालमा पाँच महिनाभित्र वोनम्यारो प्रत्यारोपण

What's This?


Download our app to get more features

काठमाडौं, फाल्गुन ०३ - नयाँ वानेश्वरस्थित सिभिल सर्भिस अस्पतालले वोनम्यारो प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापाका अनुसार पाँच महिनाभित्र सेवा सुरु गर्ने तयारी भएको छ । 
प्रत्यारोपण विशेषज्ञहरु डा. अमित श्रेष्ठ र डा. विशेष पौडेलकोे नेतृत्वमा सेवा सुरु हुने भएको हो । प्रत्यारोपणका लागि डा.श्रेष्ठले भारतको राजिव गान्धी अस्पताल र डा.पौडेलले क्रिश्चियन मेडिकल कलेजबाट तालिम लिएका छन् । ‘भुकम्प र नाकाबन्दीले भवन निमार्ण कार्यमा केही ढिलाई भएको थियो’ डा. थापाले भने, ‘भवन निर्माण कार्य अगाडी बढेको छ, अर्को वर्षदेखी सेवा सुरु हुनेछ ।’ उनले रेडियोथेरापी सेवा नेपालमा पहिलो पटक अत्याधुनिक हुने जानकारी दिए । रोगको वंशाणुगत कारण पहिचान गरी स्फेसिफिक उपचारमा जेनेटिक ल्यावले सहयोग पुर्याउने डा. थापाको भनाई छ ।
यसैगरी अस्पतालमा जेनेटिक ल्याव र क्यान्सर उपचारका लागि अत्याधुनिक रेडियोथेरापी सेवा पनि थप हुने भएको छ ।

Hamro Doctor
Last modified on 2016-02-15 14:52:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts