कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यस्तो छ समाधान 

What's This?


Download our app to get more features

काठमाडाैं । जाडो मौसममा अधिकांश मानिसको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कतिपयले कुर्कुच्चा फुट्यो भन्दै ढुंगामा रगेड्ने वा पानीमा भिजाएर धारिलो बस्तुले निकाल्ने पनि गरेको पाइन्छ । कुर्कुच्चा फुटेमा यसो गर्नु समाधानको राम्रो उपाय होइन । बरु यस्तो गर्दा छालामा थप असर पुग्न जान्छ । त्यसैले कुर्कुच्चाको स्यहार गर्ने केही उपायहरु यस्ता छन् । 

- पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई  मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुच्छने । 

- पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चमा लगाउने । त्यसलाई १० देखि १५ मिनेटसम्म राख्ने । त्यसपछि धुने । 

- सातामा एकपटक सुत्नुअघि मनतातो पानीमा  कागतीको रस समसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने । 

-  दिनुहँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाब जलको मिश्रण खुट्टा रक कुर्कुच्चमा लगाउने 

- कुर्कुच्चा दुखेको छ भने मनतातो पानीमा दुई चम्चा नुन हालेर १५ देखि २० मिनेट खुट्टा सेक्नुपर्छ । त्यसपछि कुनै क्रिम वा तेल लगाएर केही बेर खुट्टाको मालिस गरेमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । शुक्रबार साप्ताहिककाे सहयाेगमा 

Last modified on 2017-07-07 17:39:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts