यो कस्तो स्वास्थ्य सेवा ? 

What's This?


Download our app to get more features

जाजरकोट १९, पुस । पत्यार नलाग्न सक्छ – सिटामोल समेत छैन जाजरकोटका अस्पतालमा । स्वास्थ्य चौकीकाे  त कुरै छाडौं जिल्ला अस्पतालले समेत उपचार गर्न सक्दैन ज्वरोका विरामीको समेत । र, सामान्य चोटपटकका विरामी समेत रिफर गरिन्छन् – सर्खुत र नेपालगन्जका अस्पतालहरुमा ।

 वर्षैपिच्छे महामारी र प्रकोपले आक्रान्त भइरहने जाजरकोटमा न औषधि छ न त पूर्वाधार र जनशक्ति नै । जिल्ला अस्पताल लगायत ३ दर्जन स्वास्थ्य संस्थाहरु नाम मात्रका छन् । 

१५ शैयाको जिल्ला अस्पतालाई सरकारले एक वर्षअघि ५० शैयामा विस्तार गरे पनि उपचार प्रणाली स्वास्थ्य चौकीको जति पनि छैन । सामान्य रोगकै विरामी दिनहुँ रिफर गरिन्छन् । ज्वरो निमानियाँ फ्याक्चर सुत्केर दम लगायत सामान्य स्वास्थ्य समस्याकै उपचार हुन सक्दैन । 

सानो चोपकटकमा पनि नेपालगन्ज धाउनुपर्ने अवस्था छ स्थानीय लीलाबहादुर शाहले भने विरामी अस्पताल पुग्न पाएको हुँदैन, रिफरकाे कुरा हुन्छ । सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने भएकाले जाजरकोटबासीको उपचार निकै मँहगो बनेको छ ।

५० शैयाको जिल्ला अस्पतालमा सुत्केरी गराउने उपायसमेत नहुनु लाजमर्दो छ । स्वास्थ्य सेवा विभागले ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायकस्तरका सहित ५९ स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्था गरे पनि अहिलेसम्म आइपुगेका छैनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । (फाइल तस्वीर) 

Last modified on 2017-07-06 13:51:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts