डा. केसीसँगको सम्झौता उल्लंघन, यसरी खोसियो अाइअाेएमबाट अधिकार

What's This?


Download our app to get more features

काठमाडौं २१, पुस । त्रिभूवन विश्वविद्यालयले सरकार र डा. गोविन्द केसीबीचको सम्झौता उल्लंघन गर्दै मेडिकल कलेजहरुमा सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाट खाेसेर आफैले लिएको छ ।

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको अध्यक्षमा बुधबार बसेको त्रिवि सभाले आफ्नो विश्वविद्यलय मातहतका आइओएमसहित सबै नौ वटै संकायमा विद्यार्थीको सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार खोसेर विश्वविद्यालय आफैले लिएको हो । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेका विकृतिहरुविरुद्ध १० पटक आमरण अनसन बसिसकेका डा. केसीसँग सरकराले गरेको सम्झौतामा आइओएमलाइ अधिकतम स्वयत्तता दिने निर्णय गरी तत्काल कार्यान्वयन गर्ने उल्लेख छ ।

प्रधानमन्त्री दाहालकै संलग्नातमा त्रिविले सरकार र डा. केसीबीच भएको सम्झौता उल्लंघन गरेको हो । जबकी सरकारी टोली र केसीबीच भएको सम्झौता मन्त्रिपरिषद्ले नै अनुमोदन गरिसकेको छ ।

सम्झौता विपरीत त्रिवि सभाले त्रिविको नियमावली संशोधन गरी मेडिकल कलेजहरुमा विद्यार्थीको काेटा (सिट) संख्या र भर्ना शुल्क तोक्ने अधिकार कटौती गरेको हो । सम्झौताअनुसार आइआएमका सबैभन्दा वरिष्ठ चिकित्सक प्राध्यापकलाइ डिन नियुक्त गर्न थालिएको छ ।

डिनकै संयोजकत्वमा  रहेको विशेषज्ञहहरुको समितिले मेडिकल कलेजहरुको सिट संख्या र भर्ना शुल्क तोक्ने अधिकारलाई व्यवस्थित गर्ने सम्झौतामा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Last modified on 2017-07-06 12:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts