पश्चिमका एक्ला ‘प्लाष्टिक सर्जन’ 



Download our app to get more features

नेपालमा प्लाष्टिक सर्जरी अर्थात (शल्यक्रिया गरि छाला परिवर्तन गर्ने) डाक्टरको संख्या निकै नै कम रहेको छ । भएका केही सर्जन पनि सबै केन्द्रमै रहेका छन् । डा विनोद कर्ण भने नेपालगञ्ज मेडेकल कलेजमा रहेर मध्यपश्चिम तथा सुदुरपश्चिमका बिरामीलाई सेवा दिँदै आएका छन् । उनी मध्यपश्चिम तथा सुदुरपश्चिममा रहेर सेवा दिने एक मात्र प्लाष्टिक सर्जन हुन् । नेपालगञ्जका स्थानीय बासिन्द समेत रहेका डा. कर्ण विगत ६ वर्ष देखि नेपालगंज मेडिकल कलेजमा कार्यरत छन् । 

अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका डा. कर्णले रसियाबाट एमबीबीएस पुरा गरे । त्यसपछि उनले लामो समय शुष्मा कोइराला मेमोरियल अस्पतालमा काम गरे । एमबीबीएस पछि सामान्य चिकित्सामा उनको रुचि थियो । तर शुष्मा कोइराला मेमोरियल अस्पतालमा रहँदा उनले प्लाष्टिक सर्जन बन्ने निर्णय गरे । नेपालमा चोटपटक लागेका तथा आगोले पोलेका बिरामीको अवस्था देखेर उनलाई प्लाष्टिक सर्जन बन्ने इच्छा जागेको हो । नेपालमा प्लाष्टिक सर्जनको संख्या निकै कम भएको हुँदा त्यस्ता बिरामीको सेवाको लागि राम्रो प्लाष्टिक सर्जन बन्ने लक्ष्यका साथ उनले प्लाष्टिक सर्जन बन्ने निर्णय गरेका थिए ।
 
यसै क्रममा शुष्मा कोइराला मेमोरियल अस्पतालले उनलाई अस्पतालकै छात्रवृतिमा चाइनाको साङ्घाईमा मास्टर इन प्लाष्टिक सर्जरी गर्न पठाएको थियो । त्यसपछि केही समय उनले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा काम गरे ।

त्यहाँ रहँदा धेरै स्वास्थ्य शिविरमा गएका डा. कर्णले केन्द्रमा भन्दा बाहिर बसेर बिरामीको सेवा गर्ने उद्देश्यका साथ नेपालगञ्ज रोजे । आफ्नो जन्मस्थानको साथै नेपालगञ्जमा बसेर काम गर्दा मध्यपश्चिमाञ्चल तथा सुदुरपश्चिमाञ्चलका बिरामीलाई सेवा दिन सहज हुने मनन गर्दै उनले २०११ देखि नेपालगञ्ज मेडिकल कलेजमा काम सुरु गरे ।

प्लाष्टिक सर्जरीका लागि आवस्यक पर्ने धेरै श्रोत साधनहरु मेडिकल कलेजले जुटाएपनि उनलाई त्यसमा चित्त बुझेन । आफूलाई आवश्यक पर्ने श्रोत साधनको व्यवस्था डा. कर्णले आफ्नै खर्चमा व्यवस्था गरे । जसले गर्दा अहिले मेडिकल कलेजमा एउटा राम्रो प्लाष्टिक सर्जरी शाखा खडा गरी मध्यपश्चिम तथा सुदुरपश्चिमका सर्वसाधारणका लागि उदाहरणीय कार्य गर्दै आएका छन् ।

नेपालमा रहेका मेडिकल कलेजहरुले प्लाष्टिक सर्जरीको विकासका लागि ध्यान नदिएको डा. कर्णको बुझाइ  छ । उनले भने ‘मेडिकल कलेजले प्लाष्टिक सर्जरीको विकास गर्न नसक्दा बिरामीहरु केन्द्रमा नै जान बाध्य छन् ।’

उनले दैनिकरुपमा ओपिडिमा आउने विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचार समेत गर्दै आएको बताएका छन् । ओपिडिमा मात्र होइन उनले शल्यक्रिया समेत निशुल्क गर्ने गरेको सुनाए । 

ओपिडिमा दैनिक १० देखि १५ जना सम्म आगोले पोलेका तथा दुर्घटनमा परेका बिरामीहरु उपचारमा आउने गरेका छन् । जस मध्ये दुर्घटनामा परेका बिरामीहरुको संख्या धेरै रहेको छ । उनले हप्तामा करिव १५ जना सम्मको शल्यक्रिया गर्ने गरेका छन् । 

उनले दैनिकरुपमा ओपिडिमा आउने विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचार समेत गर्दै आएको बताएका छन् । ओपिडिमा मात्र होइन उनले शल्यक्रिया समेत निशुल्क गर्ने गरेको सुनाए । 

उनकै नेतृत्वमा मेडिकल कलेजमा ‘वर्न आइसियु’ अर्थात पोलेका बिरामीलाई राख्ने आइसियू समेत संचालनमा ल्याउने अन्तिम तयारी भैरहेको छ । ‘१० प्रतिशत भन्दा माथि पोलेको अवस्थामा काठमाडौं पठाउनु पर्ने अवस्था रहेको थियो’ डा. कर्णले भने, ‘अव वर्न आइसियु सुरु हुनासाथ सम्पूर्ण उपचार नेपालगञ्जमै सम्भव हुन्छ, कसैलाई पनि काठमाण्डौं रिफर गर्नु पर्ने अवस्था रहदैन ।’

उनले अस्पतालबाट सेवा दिनुको साथै धेरै ग्रामिण भेगमा निशुल्क प्लाष्टिक सर्जरी शिविर समेत गर्दै आएका छन् । शिविरमा श्रोत साधन भएसम्म त्यहि नै शल्यक्रिया समेत गर्ने गरेका छन् । 

उपचारका क्रममा ट्रमाका बिरामी धेरै आउने हुदा उनले नेपालगञ्ज क्षेत्रमा एउटा अत्याधुनिक ट्रमा सेन्टर खोल्ने लक्ष्य लिएका छन् । जसका लागि जग्गा समेत लिइसकेको उनले बताए । ट्रमा सेन्टर स्थापनाका लागि सरकारले सहयोग गरेमा सामुदायिक वा गैह्रनाफा मुलक अस्पताल चलाउन सकिने उनको सोच छ । 

‘क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्ज’ अभियानका साथ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सरसफाई र वृक्षारोपणको अभियान चलाएका छन् । नेपालगञ्ज एउटा फोहोर शहरको रुपमा विकास हुन लागेको हुँदा प्रत्यक्ष सरोकार राख्ने निकाय उपमहानगरपालिका लाई दवाव दिन समेत यस्तो अभियान चलाएको उनले बताए ।

उनी स्वास्थ्य क्षेत्रमा मात्र होइन सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् । ‘क्लिन नेपालगञ्ज, ग्रिन नेपालगञ्ज’ अभियानका साथ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सरसफाई र वृक्षारोपणको अभियान चलाएका छन् । नेपालगञ्ज एउटा फोहोर शहरको रुपमा विकास हुन लागेको हुँदा प्रत्यक्ष सरोकार राख्ने निकाय उपमहानगरपालिका लाई दवाव दिन समेत यस्तो अभियान चलाएको उनले बताए । वातावरण स्वच्छ भए समाज स्वस्छ रहन्छ, समाज स्वच्छ भए देश विकास हुने हुदा शहरलाई स्वच्छ तथा हरियाली बनाउन सकृय रुपमा लागेको छन् । उनले हरेक शनिबार यस अभियान चलाउदै आएका छन् । १८ हप्तादेखि चलिरहेको अभियान अन्य संघ संस्थाले समेत हातमा हात मिलाउन थालेको छन् ।

यस बाहेक उनले नेपालगञ्जमा २ जना अनाथ बालबालिका लाई ४ वर्ष देखि पढाउँदै आएका छन् । 

प्लाष्टिक सर्जरी विदेशमा मात्र हुने महङ्गो सर्जरी हो भन्ने भ्रम रहेको छ । उनले भने ‘यस्तो भ्रम नराखौं । समयमै यसको उपचार गरी कुरुप भएर समाजमा लज्जित भई नबसौं ।’


 

Last modified on 2017-07-06 12:34:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Dr. You are doing really nice and appreciable job. Keep it up, Jaya Hos !!!!

  2. Well done Dr Binod...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts