किन आउँछ सेतो दुबी ? (भिडियो सहित)



Download our app to get more features

हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । किन सेतो दुबी आउँछ ? यसबाट मुक्ति पाउन के गर्ने ? छाला तथा यौन रोग विशेषज्ञ प्रा.डा. अमित अमात्य यसो भन्छन् :

सेतो दुबी देखिने कारण :
चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ । तर यो नगन्य मात्रमा हुन्छ ।

सेतो दुबी बारे भ्रम :
सेतो दुबी हुनेहरुलाई धेर ैनै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ । यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । यही कारणले सेतो दुबी हुने हरुलाई हेयका दृष्टिले हेर्ने गरिन्छ । 

सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । (ओठ,मुख,हात, खुट्टा आदि )

छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ :
१.गोलो थोप्ला :
यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।

२.शरीरको एकापट्टीको भागमा मात्र आउने :
यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ । 

३. शरीरको पुरै भागमा देखिने :
यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ ।

एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८,१० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ ।

यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ । 

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा :
सम्भव भएसम्म पलास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने ।
केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने । 
यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ । यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।

भिडियो हेरौं

Hamro Doctor
Last modified on 2017-07-02 13:13:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

5 Comments

  1. बिदुर राज गिरी on Fri, Jul 27 2018 10:44 PM

    मेरो हात खुट्टा र मुख मा आयो यसलाइ के औषधि सेवन गरे ठिक हुन्छ होला

  2. मिलन गुरुङ on Mon, Jul 23 2018 11:47 PM

    मेरो ओठमा साना दुई ओटा थोप्ला देखिएको छ सेतो गाढा सेतो नभैइ केही मधुरो खाल्को मुख वरी परी पनि तेस्ता सेता थोपाहरु मधुरो देखिन थालेको छ र एकदम चिलाउछ पनि खास यो के को लक्ष्यण होला ज्वाफ पाए अभारी हुने थिए ।।

  3. सोमन तामाङ on Tue, Mar 06 2018 02:16 PM

    मेरो जिउ मा घमौरा ले गर्दा सेतो दाग आको छ यो घमौरा जता जता आएको छ तेहि ठाँउ मा आएको हुदा यस्लाइ दुबि भन्न मिल्छ?

  4. सेता दुवी आउनेलाई सामान्य रुपमा लिएर उपचार गर्न सकिनछ भने यस्को अपचार बरे जानकरी पाउ

  5. Prakash Chaudharyon Sun, Sep 10 2017 09:09 AM

    म 22 बर्सिय युवा हु अहिले मलेसियामा छु ।यहाँ अको 5 महिना भयो । मेरो काधमा हल्का थोप्ला थोप्ला जस्तो दाग देखियो म यसलाई वास्ता गरिन तर पछि 1/2 हफ्तापछि छातिमा पनि आउन थाल्यो डाक्टर लाई पनि देखाए त्यो औसधिले कुनै असर गरेन आजकाल झन बधी आउन थल्यो घातिमा पनि देखिन थालेको छ । मलाई चिन्ता लाग्न थालेको छ। कृपया यसको बारेमा पूरा जानकारी दिनुहोला । के गरेमा सन्चो हुन्छ। धन्यबाद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts