आइडियाज फर सीएमसीको शिविर सम्पन्न 



Download our app to get more features

चितवन, २९ माघ । चितवन मेडिकल कलेज (सीएमसी)मा मेडिकल साइन्स अध्ययनरत विद्यार्थीहरुको संगठन आइडियाज फर सीएमसीले चितवनको कान्दा गाउँमा एकीकृत सेवा शिविर सञ्चालन गरेको छ । जस अन्तर्गत कान्देश्वरी राष्ट्रिय प्रावि कान्दाका विद्यार्थी तथा उनीहरुका अभिभावकहरुको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरिएको आइडियाज फर सीएमसीका अध्यक्ष प्रदिस पौडेलले जानकारी दिए । 

शिविरमा सीएमसीका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, डा. इश्वरचन्द्र घिमिरे, डा. गोपेन्द्र लगायतका चिकित्सको सहभागिता रहेको थियो । शिविरमा करिब दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसअवसरमा ममता न्यौपानेले आइडियाज फर सीएमसीलाई एक लाख बरावरको ओढ्ने र लगाउने न्यानो कपडा हस्तान्तरण गरेकी थिइन् ।

ती न्याना कपडा चेपाङबस्तीका एक सय १४ घरमा वितरण गरिएको थियो । साथै विद्यार्थीहरुका लागि कापीकलम र किताबहरु पनि कान्दामा वितरण गरिएको अध्यक्ष पौडेलले बताए । सेवा शिविरमा रोेट¥याक्ट क्लब अफ चितवन, सपना भिलेज, सोसल इम्प्याक्ट, गण्डकी बोर्डिङ स्कुल पोखरासँगै विभिन्न व्यक्तित्व तथा संघ संस्थाको सहयोग रहेको थियो । 
 

Last modified on 2017-02-11 15:16:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts