बर्डफ्लू फैलिने आंशकामा एयरपोर्टमा स्वास्थ्य जाँच कडा

What's This?


Download our app to get more features

काठमाण्डौं २४, फागुन । चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लु फैलिएपछि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको छ । बर्डफ्लूका कारण पछिल्लो अवधिमा चीनका विभिन्न प्रान्तमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको हो ।

चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरु चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

नेपालका पंक्षीहरुमा बर्डफ्लु भेटिए पनि मानिसहरुमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरु आवत जावत गर्दा बर्डफ्लुको लक्षण देखा पर्न सक्ने सरवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए । यो समाचार आजको समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Last modified on 2017-06-19 16:26:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts