सप्तरी घटनामा मृत घोषणा गरिएका दिगम्वर वीपी कोइराला अस्पतालको वेड नं १० मा

What's This?


Download our app to get more features

काठमाण्डौं, २४ फागुन । सप्तरी घटनामा मधेसी मोर्चले मृत घोषणा गरेको मध्येका एक व्यक्तिको विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भैरेहेको अस्पतालले जनाएको छ ।

सोमबार सप्तरीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको मधेसी मोर्चाले विज्ञप्ति मार्फत जनाएको थियो। तर अस्पतालले मृत्यु भएको भनिएका दिगम्बर यादवको उपचार भैरहेको जनाएको हो ।

अस्पतालको इमेजेन्सीमा घाइतेको उपचारमा सुरक्षाको लागी खटिएको हवल्दार भुपेन्द्र खत्रीका अनुसार यादबको उपचार सर्जरी वार्डको वेड नं १० मा उपचार भैरहेको छ । उनका अनुसार घाइतेलाई उच्च सुरक्षाका साथ इमेरजेन्सीमा उपचार गराइएको छ ।

अस्पतालका सञ्चार अधिकृत सुजेन्द्र तामांगका अनुसार यादवको पिठ्यूमा गोली लागेको छ । उनले घाइते भएका १५ जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए ।

सप्तरी झडपमा सुरक्षाकर्मीको गोली लागेर संजन मेहता, आनन्द साह र पिताम्बर लाल मण्डलको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

Last modified on 2017-06-19 16:23:43

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts