बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित, दुईको मृत्यु

What's This?


Download our app to get more features

बाजुरा, २७ फागुन । बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित देखिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराद्वारा सञ्चालित कुपोषण एकीकृत व्यवस्थापन परियोजना (आइमम)ले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा कुपोषणबाट बालिका बढी प्रभावित भएका छन् । 

छ महिनादेखि ५९ महिनासम्मका १३ हजार ६ सय ८४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा कुपोषित बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा मोहन नाथले बताए । तीमध्ये १ हजार ४ सय ९० जनामा मध्यम कुपोषण र ६४९ जनामा कडा कुपोषण देखिएको छ । 

मध्यम कुपोषण भएकामध्ये ७ सय ४२ बालिका रहेका छन् भने कडा कुपोषणमध्ये ४ सय १ जना बालिका छन् । जिल्लामा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणका सिकार बनेका छन् । 

कडा कुपोषण भएका ६ सय ४९ जनामध्ये नौजनाले उपचार लिन नआएको र ६ सय ४० को उपचार गरिएको कुपोषण एकीकृत व्यवस्थापन परियोजना जिल्ला संयोजक डाक्टर उदय प्रकाशले बताए ।

कडा कुपोषण भएर उपचार गराइरहेकामध्ये ४ सय ३६ जनालाई निको भएर घर फर्किसकेका छन् भने बाँकी बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका सिअहेब तथा सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिएका छन् । 

उपचार गराइएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । गरिबी, अशिक्षा र चेतना अभावका कारण यहाँका स्थानीयले पोषणयुक्त खानेकुरा आफ्ना बालबालिकालाई खुवाउन सकेको छैन् भने गर्भवती महिलालेसमेत पोषिलो खानेकुरा खान पाएका छैनन् । कुपोषणको मुख्य कारण नै यही हो, जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथले बताए । 

मध्यम कुपोषण भएका बालबालिकामा कुपोषण दर बढ्न नदिन उपचारार्थ खानास्वरुप सर्वोत्तम आहार बाँड्ने गरिएको छ । ‘सुनौलो हजार दिन’मा र बच्चालाई दैनिक एक सय ग्राम खान मिल्ने गरी बाँड्ने गरिएको उनको भनाई छ । कडा कुपोषण भएका बालबालिकाको बहिरङ्ग उपचार सेवा केन्द्रमा उपचार भइरहेका छन् । 

गर्भवती वा सुत्केरी आमा र २३ महिनामुनिका अर्थात् हजार दिनसम्मका बच्चा भएका घरमा मासिक तीन केजी पौष्टिक आहार दिइने गरिएका छन् । 

त्यो आहार खान थालेपछि बच्चाको तौल बढ्ने र कुपोषण समस्या हट्ने गरेको स्थानीयले बताएका छन् ।

रासस 
 

Last modified on 2017-06-19 16:12:03

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts