चौधसयमा हात्तीपाइलेको जिवाणु

What's This?


Download our app to get more features

म्याग्दी, २७ फागुन । म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया) को जिवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेला परेको देखिएको छ । 

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको जिवाणु जिल्लाको कुल जनसङ्ख्याको एक दशमलव २३ प्रतिशतमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालले सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ३ सय १४ छन् । 

सदरमुकाम बेनी, अर्थुङे, ज्यामरुककोट, पिप्ले, भगवती, बाबियाचौर, अर्मनलगायत जिल्लाभरको स्वास्थ्य चौकीमार्फत गतवर्ष औषधि सेवनका क्रममा गरिएको नमुना परीक्षणमा त्यती ठूलो संख्यामा हात्तीपाइलेका जिवाणु भेटिएको डा.रोशन न्यौपानेले बताए । 

सो रोगको जिवाणु भेटिएकाहरुले औषधि सेवन गरेपछि निको हुन्छ उनले भने । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले आगामी चैत ५, ६ र ७ गते आठौँ चरणको औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत ५ गते वडास्तरमा र ६ र ७ गते छुटेकालाई घरदैलो अभियानमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ । 

बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पु¥याउन स्वास्थ्यकर्मीसहित स्वयम्सेवक गरी करिब एक हजार २०० जना परिचालन गरिनेछ । 

दुई वर्षमूनिका बालबालिका, गर्भवती तथा सात दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दीर्घरोगी एवम् पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई भने औषधि सेवन गर्न निषेध गरिए पनि लक्षित समुदायले निर्धक्क औषधिको सेवन गर्दा कुनै असर नगर्ने स्वास्थ्यकर्मीको भनार्इ छ । 

-रासस 
 

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts