वर्डफ्ल्यु : पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसारमा फुकुवा

Download our app to get more features
पोखरा, २७ फागुन । जिल्ला वर्डफ्ल्यु नियन्त्रण प्राविधिक समिति कास्कीले पोखरा उपहानगरपालिका– १ देखि १८ वडामा लगाइएको पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारको प्रतिबन्धलाई आजदेखि फुकुवा गरेको छ ।
गत फागुन १४ गते खाल्टे मसिनाकी मीना परियारले पालेका हाँस र माटेमसिनाका दीपेन्द्र केसीले पालेको कुखुरामा वर्डफ्ल्युको जीवाणु देखिएपछि नगरका अन्य क्षेत्रमा रोग नपैmलियोस् भनी प्रतिबन्ध लगाइएको थियो ।
नगरका अन्य क्षेत्रका पक्षीको प्रयोगशालामा परीक्षण गर्दा वर्डफ्ल्युको सङ्क्रमण नदेखिएकाले आजदेखि पक्षी तथा पक्षीजन्य पदार्थ ओसारपसारमा फुकुवा गरिएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवम् सूचना अधिकारी डा ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार वर्डफ्ल्यु देखिएको क्षेत्रको चार किल्ला क्षेत्रमा भने ४२ दिनसम्म ओसारपसारमा रोक लगाइएको छ ।
-रासस



















Reporter
View Other Stories by Author >>