खोपयुक्त गाविस बनाउन धामी झाँक्री नै लागे

What's This?


Download our app to get more features

रोल्पा २७, फागुन । गाउँघरमा कोही बिरामी हुँदा झारफुक गर्ने परम्परा यथावतै छ । यस्तो अवस्थामा रोल्पा फगामका धामी झाँक्रीहरु भने खोपयुक्त गाबिस घोषणाको अभियानमा जुटेका छन् ।

धामीझाँक्रीलाई रुढीवादी संस्कारको जगमा अन्धविश्वास फैलाएको आरोप लागेको बेला रोल्पाका धामी झाँक्रीहरु भने रुढीवादी परम्परा तोड्न पर्ने भन्दै चेतनामूलक अभियानमा लागेका हुन् ।

स्थानीय धार्मीझाँक्री सामाजिक अभियानमा लागेपछि सरकारी तथा गैर सरकारी निकायहरुले पनि उनीहरुलाई नै खोपयुक्त गाउँ अभियानमा सक्रिय बनाएका छन् । डम्फु बजाउँदै परम्परागत शैलीमा धामीले खोपको महत्वका बारेमा जनचेतना फैलाउन थालेको स्थानीय झाँक्री मैते विकले बताए ।

सामाजिक कुरीति र अन्धविश्वासलाई प्रश्रय दिने गरेको आरोप खेप्ने गरेका धामी झाँक्रीहरु आफैं समाज सुधारमा लाग्नु उदाहरणीय कार्य हो ।

Last modified on 2017-06-19 16:09:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts