जाजरकोट दुर्घटनाका घाईतेको उपचार खर्च सरकारले बेहोर्ने (भिडियो सहित)



Download our app to get more features

नेपालगन्ज, २९ फागुन । जाजरकोटको बोहरागाउँ नजिकै भएको बस दुर्घटनामा परी गम्भिर घाईते भएका सबै बिरामीको उपचार खर्च नेपाल सरकारले बेर्हाेने भएको छ ।

चारदिन पहिले जाजरकोटमा भएको बस दुर्घटनामा ३७ जना घाईते भएका थिए । बस दुर्घटनामा परि घाईते भएका मध्ये २७ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट र २ जनालाई गाडीबाट गरी २९ जना घाइतेलाई उद्दार गरी नेपालगञ्जका अस्पतालहरुमा भर्ना गरिएको छ । घाईतेहरु मध्ये गम्भीर अवस्थामा रहेका ८ जनालाई थप उपचारका लागि शनिवार नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौ पठाइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक डा. रोमन किदबाइले जानकारी दिए ।

 त्यस्तै, अन्य २० जना घाइतेको नेपालगञ्जका अस्पतालमा उपचार भई रहेको र एकजना घाइते राम बहादुर गन्दर्भको उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा एकजनाको मृत्यु भएसँगै बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

नेपालगन्जका अस्पतालहरुमा रहेका बिरामीहरुको उपचार र उनीहरुका आफन्त बिरामी कुरुवाको बस्ने खाने व्यवस्था नेपाल सरकारले मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले बताए ।

भिडियो हेर्नुस्

Last modified on 2017-06-19 16:02:42

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts