क्षयरोग दिवसमा चितवन मेडिकल कलेजको जनचेतना मुलक कार्यक्रम



Download our app to get more features

चितवन, ११ चैत । चितवन मेडिकल कलेजले विश्व क्षयरोग दिवस २०१७ को अवसरमा चितवनको मंगलपुर क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको छ । 

सि.एम.सि र मंगलपुर स्वास्थ्य चौकीको संयुक्त आयोजनामा त्यस क्षेत्रमा विभिन्न जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको सन्जिवनी फाउण्डेसनका अध्यक्ष माधव खनालले जानकारी दिए । ¥यालि तथा सडक नाटक मार्फत जनतामा क्षयरोगको बारेमा जानकारी गराइएको थियो । 

मंगलपुर क्षयरोगको हिसाबले चितवनको सबै भन्दा प्रभावित क्षेत्रका रुपमा रहेको छ ।  मंगलपुर क्षेत्रमा जनस्तरमा क्षयरोग के हो ? यसका लक्ष्यण, बच्ने उपाय, उपचार बारे जानकारी गराइएको थियो । उक्त कार्यक्रमका सि.एम.सिका डा. हरिष चन्द्र घिमिरे, हेल्थ पोष्ट प्रमुख ईश्वरा तिवारी, डा. निक्की श्रेष्ठ, गोविन्द ढुङगाना, गायत्री खनाल र एकनारायण पौडेलले क्षयरोगका बारेमा जानकारी गराएका थिए ।  

उक्त कार्यक्रमको लागि टाइम फर्मा प्रा. लिले सहयोग गर्नुको साथै टिसर्ट सहयोग गरेको थियो । 

Last modified on 2017-06-19 13:30:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts