राष्ट्रपतिद्वारा नेपाल क्यान्सर अस्पतालको उद्घाटन, जनचेतना विस्तार गर्न अपिल



Download our app to get more features

ललिपुर, २० जेठ । ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको औपचारिक उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको उद्घाटन गरेकी हुन् । 

क्यान्सर परीक्षण र उपचाका लागि नेपालकै अत्याधुनिक र गुणस्तरीय दावी गरिएको अस्पतालले ५० शैयाबाट उपचार दिइरहेको छ । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले अझै क्यान्सर उपचारका लागि भन्दै विदेश जाने क्रम नरोकिएकाले देशमै क्यान्सर उपचारलाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’ उनले गाउँगाउँमा क्यान्सरसम्बन्धी सचेतना र परीक्षण सेवालाई विस्तार गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । सरकारले क्यान्सरको उपचारात्मक भन्दा रोकथामात्मक विधि अपनाउनुपर्ने बताइन् । क्यान्सर परीक्षण र उपचारमा सरकारलेमात्र नभै निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्ने उनको भनाइ छ । नेपाल क्यान्सर अस्पतालबाट पनि सरकारले क्यान्सर रोगीलाई दिने एकलाख सहुलियत पाइन्छ । 

कार्यक्रममा स्वास्थ्यमन्त्री गगन कुमार थापाले क्यान्सरको उपचार भन्दा लाग्नै नदिने विधि अनुसार सरकारले सबै स्वास्थ्यचौकीमा क्यान्सर लगायत रोगको परीक्षण सेवा सुरु गरेको बताए । उनले क्यान्सर परीक्षण र उपचारमा नेपाल क्यान्सर अस्पतालको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । मन्त्री थापाले भने ‘‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’ 

 सो अवसरमा अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले सुरुवाती दिनदेखि नै अस्पतालले क्यान्सर निको हुने रोग भएको भन्ने जनचेतना विस्तारका साथै उपचार गराइरहेको बताए । उनले आगामी दिनमा अस्पतालको शैया क्षमतालाई १ सय ५० बनाएर थप विस्तार गरिने बताए ।

Last modified on 2017-06-04 09:14:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts