योगी डाक्टरः जो अस्पतालभन्दा योग केन्द्र खोल्न सुझाव दिन्छन्



Download our app to get more features

काठमाण्डौ । डा. सुवास घिमिरे आफैमा दन्त तथा अनुहार शल्यचिकित्सक हुन् । उनी हिजोआज आफ्नो नियमित पेशासँगै योगतिर बढी झुकाव राख्छन् । उनी हिजोआज मानिसलाइ योग गरौं स्वस्थ बनौं भन्दै हिँडेको भेटिन्छन । उनैले स्थापना गरेको राजधानीको नैकापस्थित इन्द्र अन्नपुर्ण योग केन्द्रले शनिवार स्थापनाको दोश्रो वार्षिकोत्सवको मनाइँरहँदा हामी भने डा. सुवास किन यति योगप्रति आशक्त छन् भनेर खोतल्दै थियौं । 

करिब साँढे दुईवर्ष अघिसम्म घिमिरेको तौल १ सय ६ केजी थियो । अग्लो कद भएका घिमिरेलाइ चिन्ता त त्यतिबेला लाग्न थाल्यो जतिबेला उनलाई आफ्नो पेशा नै छो्ड्नुपर्नेसम्मको अवस्था आयो । बिरामीको दाँत तथा मुखको शल्यक्रियाको क्रममा कहिलेकाँही ८–१० घण्टा सम्म पनि उभिएर काम गर्नुपर्ने भएकोले उनी अन्य कुरामा ध्यान नै दिन पाउँदैन थिए । कामको बोझले उनलाइ एकाएक कसैसँग बोल्न मनै नलाग्ने, एकदमै थाकाई लाग्ने, ढाड दुख्ने र घाँटी दुखेर त काँम्रो बाँध्नपर्ने नै अवस्था आयो । जसले गर्दा उनी झनझन आफै समस्यामा पर्न थाले ।  समस्या घट्नुको साटो झन्झन् बढ्दै गएपछी एकदिन त उनले कसैलाइ थाहै नदिई भारत जाने र आफ्नो खिइएको ढाड्को हड्डीमा स्टिल हाल्ने र आराम गर्नेसम्मको योजना सम्म सोच्न भ्याए । तर सबैकुरा सोचेजस्तो सहज नभएपछी उनले केही सोच्नै सकेनन् । अन्त्यमा केही नलागेपछी उनले आफ्नो १ सय ६ केजीको शरीरको तौल घटाउन मर्निङवाक गर्नथाले । यसरी दौडिन थालेको केही महीनमा ज्यान हल्का त घट्यो तर फेरी घुँडा दुख्ने समस्यामा सुरु भयो । 

यसरी नै दिन बितिरहेकै थियो एकदिन उनलाई एउटा कार्यक्रमको निमन्त्रणा आयो । कार्यक्रम थियो योग सम्बन्धि । जान्नुबुझ्नु केही थिएन सिधै स्टेजमा लगेपछी उनी अक्क न बक्क परे र दुइ चारजना साथी बनाएर निस्किए । पछी तिनै साथीहरुको सल्लाहमा नियमित योग कक्षा जान थाले । ‘सुरुसुरुमा एकदमै गाह्रो र असजिलो लाग्थ्यो आजकाल त बानी भयो ।’ उनले थपे, ‘यो योग होइन यो त जीवन हो, वास्तविक जीवन जिउन त मैले अहीले पो सिकेँ ।’ उनको सकरात्मक टिप्पणी थियो ।

०७२ बैशाखको बिनाशकारी भुकम्पले क्षतबिक्षत भएको धनजन र त्योभन्दा पनी बिचलित मान्छेको अवस्था देखेर डा. घिमिरेले ०७२ जेठ ६ गते आफ्नो स्वर्गीय बुबा आमाको नाममा इन्द्र अन्नपुर्ण योग केन्द्रको स्थापना गरे । जहाँ अहिलेपनी दैनिक तिसजना भन्दा बढी योग अभ्याँस गर्छन । त्यस्तै योबीचमा डा घिमिरेले आफ्नो ज्यान घटाएर ७५ केजीमा झारेका छन् । उनि आजकल फुर्तिला देखिन्छन् । 

अन्त्यमा, तपाईं चिकित्साभन्दा बढी योगतिर लाग्दा बिरामीको हालत के होला भन्ने हाम्रो जिज्ञासामा डा. सुवास मुस्कुराउँदै बोले, ‘मैले अस्पतालै छोडेको होइन, आजपनी म उत्तीकै फुर्तिका साथ अस्पताल जान्छु , जति काम गरेपनी उस्तै फुर्तिमा रहन्छु । अस्पताल भनेको बिरामी भैसकेपछी निको बनाउने ठाउँ हो भने योग केन्द्र मान्छेलाई बिरामी नै हुन नदिने ठाउँ हो ।’

Last modified on 2017-09-02 14:27:17

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts