गर्भनिरोधक साधन सुलभ गर्न सर्वोच्चको आदेश



Download our app to get more features

काठमाडौँ, ३२ साउन । सर्वोच्च अदालतले गर्भ निरोधक साधन सुलभ गर्न/गराउन आदेश दिएको छ । 

उपत्यका आसपास क्षेत्रकै सरकारी स्वास्थ्य संस्थामा गर्भनिरोधक साधनको अभाव देखिएको उजुरी दोहोरिँदै आउन थालेपछि सर्वोच्चको आदेश दिएको हो । साउन २५ गते न्यायाधीश ओमप्रकाश मिश्र र शारदा घिमिरेको संयुक्त इजलासले यो फैसला गरेको थियो ।

गर्भनिरोधक साधन, सेवा र सूचनामा समान पहुँच, गुणस्तरियताको विस्तार तथा सुनिश्चित गर्न सर्वोच्चले आदेश दिएको छ । गर्भनिरोधक साधनको कठिनाइबारे २०७० भाद्रमा ललितपुर, देवीचौरका मञ्जु तामाङ र विष्णुकुमारी तामाङले सर्वोच्च रिट जारी गरेका थिए । गाउँको स्वास्थ्य चौकीमा गर्भनिरोधक साधन उपलब्ध नहुँदा आफूले अनिश्चत गर्भधारण बेहोर्नुपरेको भन्दै उनीहरूले रिट जारी गरेका थिए । 

सरकारले जन्मान्तरका गर्भनिरोधक साधन निस्शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आइरहेको छ । तर, अधिकांश स्वास्थ्य संस्थामा ती साधनको अभाव भइरहने समस्या छ ।
 

(आजको कान्तिपुर दैनिकमा लेखिएको समाचार)

Last modified on 2017-08-16 10:58:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts