सात आयुर्वेदिक औषधि उद्योग निलम्बित



Download our app to get more features

काठमाडौं, १ असोज । औषधि व्यवस्था विभागले सातवटा आयुर्वेदिक औषधि उद्योगको अनुमतिपत्र निलम्बन गरेको छ । 

विभागले विभिन्न समयमा निरीक्षण गर्ने क्रममा गुणस्तरहीन पाइएपछि ती ७ औषधि उद्योगलाई निलम्बन गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले ती उद्योगबाट उत्पादित औषधि परीक्षणसमेत भइरहेको उल्लेख गर्दै भने, ‘उहाँहरूले असल उत्पादन प्रक्रिया पालना गरेको देखिएन ।’

औषधि निरीक्षकले ती सात उद्योगबाट निर्मित औषधि उपभोक्ताका लागि जोखिमयुक्त रहेको प्रतिवेदन दिएपछि तिनलाई निलम्बन गरिएको जानकारी उनले दिए ।

तीन महिनाका लागि निलम्बनमा परेका औषधि उद्योगमा बुटवलको स्टान्डर्ड फर्मास्युटिकल र निम आयुर्वेद फर्मास्युटिकल, हर्बल मेडिसर्च फर्मास्युटिकल्स रौतहट, जीवन शक्ति आयुर्वेद उद्योग हेटौंडा, अन्नपूर्ण आयुर्वेद कम्पनी पोखरा र चिनायु आयुर्वे्दिक औषधि उद्योग गजुरी छन् । 

सीता आयुर्वेद सेन्टर वीरगन्जलाई भने ६ महिनाका लागि निलम्बन गरिएको छ । स्वदेश र विदेशका आयुर्वे्दिक औषधि कम्पनीबाट उत्पादित औषधिको गुणस्तर परीक्षण गर्न विभागलाई थप जनशक्ति, उपकरण, बजेट आवश्यक पर्ने ढकालले बताए । 

मुलुकमा आयुर्वेदिक औषधि उत्पादन गर्ने ७३ उद्योग छन् ।

 

(आजको कान्तिपुर दैनिकमा छापिएको समाचार)

Last modified on 2017-09-17 19:13:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts