काउन्सिलको उपाध्यक्ष पदमा डा.खरालको अग्रता कायमै

३९०० मत गनिए



Download our app to get more features

काठमाडौं,भदौ २ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको लागि भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ।

 पछिल्लो मतगणना अनसार ३९०० मत गनिएकोमा उपाध्यक्षमा डा.पुष्पमणि खराल १४१८ मतका साथ अग्रस्थानमा रहेका छन् भने डा.नारायण विक्रम थापा १३३६ मतका साथ उनलाई  पछ्याइरहको छन् । सोही पदका डा.सतिश कुमार  देव भने १०२० मतका साथ तेस्रो स्थानमा रहेका छन् । डा. खराल डा.थापा भन्दा ५२ मत अन्तरले अगाडी रहेका छन् । 

सदस्यमा कालुसिह खत्रीकै अग्रगता कायमै रहेको छ । उनले २०६१ मतका साग अग्र स्थान कायम गरिरहेका छन् । १६४० मतका साथ  सदस्य पदकै अंकुर शाह दोस्रो स्थामा रहेका छन् । मेडिकल काउन्सिलमा २० हजार चिकित्सक दर्ता भएपनि करिब ७ हजार मतमात्र खसेको बताइएको छ । 

अहिलेसम्मको मतविवरण हेर्नुहोस् ।

Last modified on 2018-01-20 15:21:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts