माइतीघरमा १० बजेदेखि अोपिडी



Download our app to get more features

काठमाडौं, २९ असार । निषेधित क्षेत्र घोषित माइतीघर मण्डलामा आज १० बजेदेखि चिकित्सकहरुले ओपिडी सेवा दिने भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका डाक्टरहरुले आज माइतीघरमा बिरामी जाँच्ने भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले ओपिडी सेवा दिने भएका हुन्। शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

१४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

Last modified on 2018-07-13 09:38:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts