डेंगु परीक्षण किट अभाव

जथाभावी किट प्रयोग नगर्न आग्रह



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । केहि दिन यता देशभरका सरकारी स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने ‘किट’ अभाव भएको छ । अघिल्लो वर्ष किनेको सबै किट सकिएको र नयाँ ‘टेष्ट किट’ खरिद पक्रियामा रहेका कारण अभाव भएको हो ।

किट अभाव भएपछि इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक भए मात्रै परीक्षण किट प्रयोग गर्न माताहतका स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । महाशाखाका निर्देशक डा. भिम आचार्यले आवश्यक अवस्थामा मात्रै डेंगु परीक्षण टेस्ट किट प्रयोग गर्न चिकित्सकहरूलाई आग्रह गरेका हुन् । ‘डेंगुु टेष्ट किट सकिएको छ,’ डा. आचार्यले भने, ‘पुनः किन्ने पक्रियामा छौं, चिकित्सकले सही प्रयोग नगर्दा अभाव भएको हो ।’ आचार्यका अनुसार समान्य ज्वरो आएका बिरामीको पनि डेंगु परीक्षण गर्दा किट अभाव भएको हो । किट अभाव पुर्ति गर्न सरकारले डेंगु र स्क्रब टाइफसका पाँच हजार थान किट किन्ने प्रक्रिया सुरु गरेको छ । पाँच लाख बराबरको किट भने तत्काल खरिद गर्ने निर्देशक डा. आचार्यले बताए । 

एउटा किटको मुल्य ४५० रूपैयाँ 
डेंगु परीक्षण गर्ने एक थान किटको खरिद मुल्य चार सय ५० रूपैयाँ पर्छ । एक थान किटले एक जना बिरामीको मात्रै परीक्षण गर्न सकिने निर्देशक डा. आचार्यले बताए । उनले भने, ‘हामीले बार्षिक रुपमा डेंगुबाट कति बिरामी हुन्छन् भनेर अनुमान गर्न सकिरहेका छैनौं । जसका कारण अहिले डेंगु परीक्षण किट अभाव भएको हो ।’ गतवर्ष १५ सय २९ जनाको डेंगु परीक्षण भएको थियो । यसपटक पनि दुई सय ५५ जना डेंगुमा डेंगु देखिसकेको छ । महाशाखाले गतबर्ष एक हजार टेस्ट किट किनेको थियो । रगतमा स्वेत रक्त कोसिकाको संख्या पाँच हजार भन्दा कम र प्लेटलेट एक लाख भन्दा कम भएमा बिरामीलाई डेंगु भएको आशंका गरिने निर्देशक डा. आचार्यले बताए । उनले ज्वरो आउनासाथ किट प्रयोग गर्ने हो भने, जती किट किने पनि पुर्याउन नसकिने बताए । 

यस्तो छ सरूवा रोगको अवस्था
सिजनल इन्फ्लुएन्जा (एचवानएन्वान)

पुसदेखि कात्तिक पहिलो सातासम्म १२ सय ९१ जनामा मौसमी रूघाखोकी (एचवानएनबाट पिडिएम०९) देखिएको छ । सबै भन्दा बढी साउनमा आठ सय ६, असारमा दुई सय ७२ र भदौमा एक सय ११ जनामा मौसमी रूघाखोकी देखिएको थियो । यो अबधिमा सिजनल इन्फ्लुएन्जाबाट १७ जनाको मृत्यु भएको थियो । जम्मा ३१ सय एक जनामा नमुना परीक्षण गरिएकोमा १२ सय ९१ जनामा पोजेटिभ देखिएको निर्देशक डा. आचार्यले बताए ।

डेंगु
पुसदेखि कात्तिक पहिलो सातासम्ममा दुई सय ५५ जनामा डेंगु पोजेटिभ देखिएको छ । १७ जिल्ला मध्ये सबै भन्दा बढी सर्लाही एक सय ७, महोत्तरी ८१, धादिङ ३७ र चितवन १२ रहेका छन् भने बाँकी १८ जना विभिन्न जिल्लामा देखिएको महाशाखाले जनाएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा १५ सय २९ जनामा डेंगु पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । 

स्क्रब टाइफस
पुस महिना देखि अहिलेसम्म चार सय ३८ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । यसका कारण अहिलेसम्म नौ जनाको मृत्यु भइसकेको छ ।

स्क्रब टाइफसका बिरामी सबै भन्दा बढी चितवनमा ८४, मकवानपुर ५५, नवलपरासी ५३, कैलाली ५२, पाल्पामा ४२ रहेका छन् । बाँकी एक सय ५२ जना विभिन्न जिल्लाका छन् । महाशाखाका अनुसार अहिले सम्म ३४ जिल्लामा स्क्रब टाइफस देखिएको छ । गतबर्ष आठ सय ३१ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो भने यसका कारण आठ जनाको मृत्यु भएको थियो । 
 

Last modified on 2017-10-31 07:36:44

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Prevention is better then care रोगको परिक्षण अनि रोग लाग्नु भन्दा पहिला नै समाधान अर्थात रोग लाग्न नदिनु ठिक होला जस्तो लाग्छ जनचेतनामूलक कार्यक्रम चलाउन आबश्यक छ किनकी सङ्क्रमन भयपछी सबै बलड फाल्नु पर्छ शरिरबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts