नेपाल नेशनल अस्पतालमा १० शय्याको एनआइसीयू स्थापना



Download our app to get more features

काठमाडौं, १८ कात्तिक । कलंकीस्थित नेपाल नेशनल अस्पतालले १० शय्याको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) स्थापना गरेको छ । सघन कक्षको शनिबार युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी उद्घाटन गरेका छन् ।

सो अवसरमा मन्त्री केसीले अस्पतालले छोटो समयमा धेरै काम गरेको भन्दै प्रशंसा गरेका थिए । साथै उनले अस्पतालले दिने उपचार सेवामा अझै विस्तार गर्दै जाने विश्वास पनि व्यक्त गरे । अस्पताल स्थापनाको साढे चार महिनामा नै एनआइसीयू स्थापना गर्न सफल भएकोमा मन्त्री केसीले अस्पताललाई सुभकामना दिए । 

सो समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्रकाश पौडेलले अस्पताल स्थापना गर्दा गरेका सबै प्रतिबद्धता पूरा हँुदै गएको बताए । उनले अबको दुई महिनामा अस्पतालले डायलाइसिस र ट्रमा सेन्टर पनि स्थापना गर्ने बताए । 

बालबालिका स्वस्थ भए देश स्वस्थ हुन्छ भने विषयलाई मध्यनजर गर्दै अस्पतालले एनआइसीयू कक्ष स्थापना गरेको अस्पतालका बालरोग बिशेषज्ञ डा. विमललाल कर्णले बताए । उनले बालबालिकाका लागि भनेर धेरै अस्पताल खुले पनि सबैमा एनआइसीयू कक्ष नभएको बताए । 

 

 

Last modified on 2017-11-05 09:15:55

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts