प्रसूति गृहको नयाँ भवन निर्माण सुरु



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । १२ बैशाख ०७२ मा गएको भुकम्पले भत्काएको प्रसूति गृहको भवन निमार्ण सुरु भएको छ । भवन निमार्ण दुई साता अघिदेखि नै सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा बन्ने यस भवनको लागत १ अर्ब २२ करोड ९९ लाख ३८ हजार ६७ जापानीज ऐन हुने स्वास्थ्य मन्त्रालय अन्तर्गतको पीसीयू यूनिटले जनाएको छ । 
आगामी १८ महिनामा निर्माण सम्पन हुने यो भवन भुकम्पले भत्काएको पुरानो भवन रहेकै ठाउँमा निमार्ण भइरहेको छ । नयाँ भवन तीन तले हुनेछ । यस भवनमा आवश्यक पर्ने सबै उपकरण पनि नयाँ हुने पीसीयू युनिटले जनाएको छ । नयाँ भवनमा एक सय भन्दा बढी शय्या रहनेछन् । भवनमा सुविधासम्पन्न एमआइसी, एनआईसियो, इमरजेन्सी शल्यक्रिया कक्ष, पुस्तकालय, लेवर रुम, ऐकेडेमी हल, एनआइसीयू र प्याथ ल्याब  रहनेछन् ।

भुकम्पले भत्काउनु अघि यस अस्पतालमा तीन सय शय्या रहेको निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । उनले भने ‘भवन अभाव भए पनि हामीले कुनै सेवा कटौति गरेका छैनौं । जसरी भए पनि सेवा प्रदान गरिरहेका छौं ।’ उनले पुरानो भवन भत्काएपछि एकेडेमिक भवनबाट सेवा प्रबाह गरेको बताए । यद्यपि, भवन अभावका कारण बिरामी, डाक्टर, नर्स, बिरामी कुरुवा सबै मारमा परेको श्रेष्ठको भनाइ छ । भवनको सम्पूर्ण जिम्मा जापानी सहयोग नियोग (जाइका) ले लिएको छ ।  
 

Last modified on 2017-11-07 17:03:52

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts