विश्व मधुमेह दिवस

आउँदो दशबर्षमा मधुमेह रोगी दश प्रतिशतले बढ्ने (भिडियोसहित)

What's This?


Download our app to get more features

काठमाडौं, २८ कात्तिक । महिलाहरु मधुमेह रोगको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ । विशेषगरी गर्भवती महिलाहरु मधुमेहको उच्च जोखिममा रहेको र उनीहरुबाट जन्मिने बच्चाहरुमा समेत मधुमेहका खतरा रहेको छ । 
यसबर्षको विश्व मधुमेह दिवसको मूल नारा ‘महिला र मधुमेह : स्वस्थ भविष्य हाम्रो अधिकार’ रहेको छ । 

हालै सार्वजनिक भएको तथ्यांक अनुसार ६ जना गर्भवती महिला मध्ये एक जनलाई सुगर लाग्ने समस्या भएको डाइबिटिज एण्ड इन्डोक्राइनोलोजिस्ट एशोसिएसन डिनका अध्यक्ष डा. दिना श्रेष्ठले जानकारी दिइन् । मधुमेह नियन्त्रणका लागि महिलाहरुको स्वास्थ्यमा प्राथमिकता दिनुपर्ने उनले बताए । 
युवतीहरुमा पिसीओस लक्षणहरु देखापर्ने समस्या अत्याधिक रहेको भन्दै उनीहरुमा कालान्तरमा मधुमेह लाग्ने खतरा रहेको उनले बताइन् । 

महिलाहरुको नियमित स्वास्थ्य परीक्षण तथा उनीहरुको स्वास्थ्यमा ध्यान दिनु आजको आवश्यकता रहेको उनले बताइन् । आउने दशबर्षभित्रमा मधुमेहको समस्या महामारीको समस्याका रुपमा आउने सक्ने भन्दै बेलैमा सचेत हुनुपर्ने उनले बताइन् ।  सन २०१० मा कुल २.२ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएकोमा सन २०१७ सम्ममा दश प्रतिशत व्यक्तिमा मधुमेहको समस्या रहेको छ । 

भिडियो हेर्नुहोस्

Last modified on 2018-03-27 04:53:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts