युएनएफसीसीसी र डब्लूएचओबीच सम्झौता



Download our app to get more features

जर्मनी, २९ कात्तिक । जलवायु परिवर्तनले निम्त्याएको स्वास्थ्य समस्या समाधानका लागि कार्यक्रम सञ्चालन गर्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (युएनएफसीसीसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सहकार्य गर्ने भएका छन् ।

जर्मनीको बोनमा जारी युएनएफसीसीसीको २३ औँ सम्मेलनमा जलवायु परिवर्तनका कारण बढेको तापक्रम वृद्धिका कारण उत्पन्न मानवीय स्वास्थ्यमा काम गर्न दुई निकाय सहमत भएका हुन् । बढ्दो तापक्रमका कारण पछिल्लो वर्षमा स्वास्थ्यसम्बन्धी महामारी फैलिँदा विकासोन्मुख मुलुकका लाखौँ मानिस चपेटामा पर्ने गरेका छन् ।

स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यक प्राविधिक र पूर्वाधारको तयारीका लागि तत्पर हुने सम्झौतामा उल्लेख छ । नेपाललगायत अतिकम विकसित मुलुकमा पनि बढ्दो तापक्रमका कारण हीमाली क्षेत्रमा नयाँ किसिमका रोगको प्रकोप बढेको विभिन्न अध्ययनले देखाएका छन् दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य पनि महत्वपूर्ण खम्बा भएको स्मरण गर्दै युएनएफसीसीसी र डब्लूएचओका विशेषज्ञहरुले समस्या झेलिरहेका मुलुकहरुमा आवश्यक सहयोग आदानप्रदान गर्न तत्कालै लागिपर्ने वाचा गरेका छन् । यसअघिका सम्मेलनमा स्वास्थ्यसम्बन्धी समस्या पहिचा भए पनि तीनलाई लक्षित कार्यक्रम तय हुन सकेको थिएन । सम्झौतापछि जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिकी कार्यकारी सचिव प्याटरसिया इस्पिनोसाले स्वस्थ विश्व र नागरिकको भविष्यलाई कार्यक्रमले सार्थकता दिने बताइन् । ‘धेरै मानिसले जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र वायु प्रदुषणका साथै स्वच्छ खानेपानीको प्रयोग गर्न पाएका छैनन्,’ उनले भनिन्, ‘खाद्य समस्या र स्वच्छ पिउने पानीको उपलब्धता अहिलेको आवश्यकत हो ।’ उनका अनुसार २०३० देखि २० वर्षमा जलवायु परिवर्तनको समस्याले प्रतिवर्ष करिब २ लाख ५० हजारले ज्यान गुमाउनुपर्ने अवस्था आउने अनुमान छ ।


(आजको कान्तिपुर दैनिकबाट)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts