स्ट्रोक:साढे चार घण्टाभित्र उपचार नगरे ज्यानै लिन्छ (भिडियोसहित)



Download our app to get more features

बाटोमा हिँड्दाहिँड्दै पाइला असन्तुलित भएमा, बोल्दा बोल्दै बोली लर्बराएमा, हात खुट्टा कमजोर भएमा स्ट्रोकको संकेत हुनसक्छ । अचानक आउने यस्ता परिवर्तनलाई हल्का ढंगले लिनु हुँदैन । यस्तो बेला समयमै ध्यान पुर्याउन सकेन भने व्यक्तिको ज्यान जाने खतरा रहन्छ । 

मधुमेहका बिरामी, चुरोट खाने बानी भएका व्यक्ति, मुटुरोगी र रगत पातलो बनाउने औषधि सेवन गरिरहेका बिरामीलाई स्ट्रोकको सम्भावना बढी रहन्छ । वंशाणुगत रोगको कारण पनि कसैलाई यस्तो समस्या देखा पर्न सक्छ । 

८० को दशकमा स्केमिक स्ट्रोक बढी हुने गथ्र्यो भने सन् २०१४ मागरिएको सर्वेक्षण अनुसार हेमोरेजिक स्ट्रोकको अवस्था ४० देखि ५० प्रतिशतमा हुने गर्छ । यो कुनै पनि उमेर समूहका मानिसलाई हुनसक्छ । खासमा ५० बर्ष नाघि सकेका व्यक्तिलाई अरुलाई भन्दा स्ट्रोकको खतरा दुई गुणा बढी हुन्छ । एक्कासी श्वासप्रश्वास, रक्तचाप र मुटुको धड्कनमा परिवर्तन देखा परेमा स्ट्रोक भएको आशंका गरिन्छ । 

स्ट्रोक दुई किसिमको हुन्छ 

हेमोरेजिक स्ट्रोक
दिमागको कुनै भागमा असर गरेर नशामा रगत जम्ने हेमोरेजिक स्ट्रोक हो । जसको उपचार साढे चार घण्टा भित्र गरिएन भने मृत्युको खतरा हुन्छ । यस्तो भएमा मस्तिष्क (गिदी) सुन्निने खतरा रहन्छ । जसलाई ‘ब्रेन सोलिङ’ भनिन्छ ।

स्ट्रोकका कारण दिमागको एउटा नशा मरिसकेपछि त्यसलाई पुनःजीवित गर्न सकिँदैन यस्तो अवस्थामा दिमागमा रहेका अन्य नशाले मरेको नशाको काम गर्ने हुन्छ । 
गिदी सुन्निएर दिमागमा उच्च रक्त श्राव भयो भने अपरेशन गर्नु पर्ने न्यूरो विशेषज्ञ राजु पौडेलले बताए । ‘हेमोरेजिक स्ट्रोक भएका सबै बिरामीको अप्रेशन गर्न पर्दैन ।’ उनले भने ‘कोहीलाई अप्रेशनविनै औषधिबाट उपचार गर्न सकिन्छ ।’ तर, उच्च रक्तचाप भएका बिरामीमा रक्त श्राव भएमा अपरेशन गर्नुपर्ने हुन्छ । अप्रेशन गरेर उनीहरूको ज्यान जोगाउनुका साथै पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । समयमै उपचार नभए यसले बिरामीलाई दीर्घकालीन रुपमा पक्षघात बनाइदिन सक्छ । स्ट्रोक भएको बिरामीलाई समयमै अस्पतालमा उपचारको लागि लगिएन भने बिरामीको मृत्यु समेत हुनसक्छ । 

स्केमिक स्ट्रोक 
रगतको नशा बन्द हुने अवस्थालाई स्केमिक स्ट्रोक भनिन्छ । शरीरको जुनभागमा रगत ‘क्लट’ भइ नशा बन्द भएको हो त्यस भागमा पक्षघातको समस्या देखिन सक्छ । आँखा, मुखवा शरीरका विभिन्न भागमा रगत जम्न थालेमा ती अंगहरूमा स्ट्रोकको असर देखिन थाल्छ । 

स्ट्रोकबाट कसरी बँच्ने ?
सामान्य मानिसमा बोल्दा वा हिँड्दामा असन्तुलन आयो भने स्ट्रोकको खतरा हुन्छ । त्यसकारण यस्तो लक्षण देखिएको केही समयमै उपचारका लागि अस्पताल ल्याउन सके बिरामीलाई बचाउँन सकिन्छ । 

यस्तो लक्षण देखिएको अवस्थामा पनि ‘केही हुँदैन’ भनेर हेलच्यक्राई गरेर बस्यो भने स्ट्रोकबाट ज्यानै जाने खतरा हुन्छ । स्ट्रोक भएका व्यक्तिलाई जतिसक्दो चाँडो अस्पताल पु¥याएर उपचार गराउन सक्यो भने उसको रिकभरको सम्भावना धेरै हुन्छ । नभए अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । 

स्ट्रोक भएकाको उपचार कसरी हुन्छ ?
स्ट्रोकको उपचारका लागि चिकित्सकको सिंगो टीम लागेको हुन्छ । जसमा न्यूरो सर्जन, न्यूरो फिजिसियन, रेडियोलोजिस्ट र इमर्जेन्सीको टीम रहन्छ । स्ट्रोकका बिरामीलाई शुरुमा सिटी स्क्यान र एमआरआइ गरेर बिरामीको अवस्था बुझ्ने गरिन्छ । एमआरआई गर्दा स्ट्रोकका बिरामीमा आइपर्ने परिवर्तनहरू बुझ्न सहयोग हुने तथा शरीरको कुन भागमा असर परेको छ भन्ने बुझ्न सकिन्छ । 

स्ट्रोकको बिरामीलाई साढे चार घण्टाभित्र थ्रम्बोलोसिस उपचार
स्ट्रोकका बिरामीको नशामा रगत जमेको हुन्छ । यस्तो अवस्थामा थ्रम्बोलोसिस् उपचार विधिबाट औषधिप्रयोग गरी रगत पघाल्न सकिन्छ । उपचारको लागि टीपीए नामक औषधि साढे चार घण्टाभित्र दिन सक्यो भने बन्द भएको रक्त नली खोल्न सकिन्छ । स्ट्रोक भएको हरेक सेकेण्डमा नै न्यूरोजनहरू मर्न थाल्छन । त्यसैले बिरामीलाई जतिसक्दो चाँडो उपचारमा लग्नु पर्ने चिकित्सक बताउँछन् ।

भिडियोमा हेर्नुहोस्

Last modified on 2019-02-12 22:40:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts