चार जनामा डेंगु फेला



Download our app to get more features

जितपुर(कपिलवस्तु),३ मंसिर । कपिलवस्तुमा डेंगु रोगका चार बिरामी फेला परेका छन् । 

बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिस गरिएको थियो । चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केको र केहीको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । 

बरकुलपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारीका अनुसार डेंगु लागेका बिरामीमा अत्यधिक ज्वरो आउने तथा टाउको, आँखा र हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको बताए। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

रासस 

Last modified on 2017-11-19 11:57:21

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts