अफगानिस्तानका करिब छ लाख बालबालिका चरम कुपोषणमा



Download our app to get more features

काबुल, ३ मङ्सिर । अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । त्यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । 

अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन् । अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले भने– सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था बिगतको तुलनामा नसुध्रिएको उनले बताए । 

अफगानिस्तानमा गएको डेढ दशकभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण यहाँको सामाजिक आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव परिरहेको छ । यसैकारण पनि त्यहाँका बालबालिका आधारभूत आवश्यकताको प्राप्तिबाट बञ्चित हुन पुगेका छन् । त्यहाँका बालबालिकामध्ये बढी असर बालिकामा परिरहेको देखिएको छ । 

विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका रहेका छन् । विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ बर्षको उमेरभित्रमा नै उनीहरुले विद्यालय छोड्ने गरेका छन् । 
अफगानिस्तानमा विश्वमा नै सबैभन्दा बढी साना विद्यार्थीले सानैमा विद्यालय छोड्ने गरेका छन् । 

त्यहाका बालबालिका पोषणयुक्त खानेकुराको अभावमा बाँचेका बताइन्छ । हालै गरिएको एक सर्वेक्षणकाअनुसार अफगानिस्तानका करिब छ लाख बालबालिका चरण कुपोषणमा बाँचेका छन् । उनीहरुलई सबैभन्दा बढी देशको आन्तरिक द्वन्द्व र हिंसाले असर पारिरहेको युनिसेफले जनाएको छ । उनीहरुको अवस्थाको सुधारका लागि पनि सो संस्थाले आग्रह गरेको छ । 

युद्धका बेलामा पनि बालबालिकालाई शिक्षा, स्वास्थ्य र उनीहरुका आधारभूत आवश्यकतामा कुनै कमी आउन नदिई कामगर्न अफगानिस्तानको सरकार तथा सशस्त्र समूहलाई आग्रह गरेको छ । त्यसैगरी विश्वका दाताराष्ट्रहरुलाई पनि त्यहाँका बालबालिकाको अवस्था सुधारका लागि सहयोग पु¥याउन पनि सो संस्थाले आग्रह गरेको छ । (रासस÷सिन्ह्वा)

Last modified on 2017-11-19 14:48:02

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts