रुपन्देहीमा ७८४ डेंगु रोगी भेटिएको लुम्बिनी अञ्चल अस्पतालद्धारा पुष्टि 



Download our app to get more features

बुटवल ४ मंसिर । रुपन्देही जिल्लामा डेंगु रोगका ७८४ बिरामी फेला परेका छन् ।  
लुम्बिनी अञ्चल अस्पतालकाका अनुसार आइतबारसम्म ७८४ जना बिरामीहरु भेटिएका छन् । उनिहरुको उपचार सरकारी तथा निजि अस्पताल भईरहेको छ । केही उपचार पछि घर फर्किएका छन्।  

लुम्बिनी अञ्चल अस्पतालमा अस्पतालका मेडिकल रेर्कडश अधिकृत लक्ष्मीराज रेग्मीले असोज १६ गतेबाट प्रकोषको रुप लिएको डेगु 
रोगका कारण रुपन्देहीमा २ जनामा मृत्यु भईसकेको बताउनुभयो ।  

उहाँका अनुसार डेंगु रोगलाई प्रकोपको रुप लिएपछि रुपन्देहीमा भएका विरामी रेकर्ड अञ्चल अस्पताल माफर्त संकलन गर्न थालिएको 
हो। साउन १गतेदेखी अहिले सम्म ७८४ जना विरामीभए पनि दैनिक रुपमा २० । २५ जनाका देखीन थालेको  आसोज दोस्रो हप्ताबाट हो 
। 
जिल्ला जन स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा.केयरसिह गोदारले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको 
टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।  

बुटवलमा उपमहानगरपालिको सक्रियतामा खोज नष्ट गर अभियान समेत सचांलन गरिएको  थियो  
 लुम्बिनी अञ्चल अस्पताल बुटवलका  प्रम्ुख डा.कृष्ण खनालले बिस्तारै चिसो हुदै जादाँ डेगुको जिवाणु बोक्ने लामखुट्टेको हराउदै जाने 
बताउनु भयो ।  
 
 
 

Last modified on 2017-11-20 10:38:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts