मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु



Download our app to get more features

पाल्पा  (रामपुर), २१ । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै एक वृद्धको मृत्यु भएको छ ।

दम रोगी रहेका रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमालको आज बिहान साढे ११ बजे मृत्यु भएको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । 

दमको रोगी कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदान गरे लगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनकोे मृत्यु भएको हो । 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts