एचआईभी संक्रमित बालबालिका समस्यामा



Download our app to get more features

काठमाडौं,२९ मंसीर । बैतडी जिल्लाको सुर्नया गाउँपालिका २ बासुलिंगका ९ बर्षीय दिपेश भट्ट अहिले हजुरबुबा र हजुरआमाको रेखदेखमा रहेका छन् ।

आमा बाबा गुमाएका दीपेश एचआइभी संक्रमित रहेको उनका बाजे धर्मानन्द भट्टले बताए । भारतमा काम गरिरहेका आमाबुबा उपचारकै क्रममा बितेपछि दीपेश हजुरबुबा तथा हजुरआमाको शरणमा बस्न बाध्य भएका हुन् । सुरुमा हामीले पत्याउँदै पत्याएनौ यस्तो बिमार कताबाट आयो भन्ने लाग्यो,पछि उसको शारीरिक अवस्था कमजोर भएपछि एचआइआभी लागेको भन्ने पत्ता लाग्यो । आफ्नो नातिलाई एचआईभी संक्रमणका बारेमा गाउँमा सुरुमा कसैलाई नभनेको धर्मानन्दले बताए । पछि सबैलाई थाहा हुदै गएपछि विद्यालयमा पनि हेय  विभेद गर्न थालिएको उनको भनाई छ ।

हिजो आज भने एआईभीबारे केही बुझेपछि विभेद अली कम भएको धर्मानन्दले भने ।दीपेशमात्र होईन दशरचन्द नगरपालिका २ देहीमाण्डौंमा  गोपाल बोहोराको अवस्था पनि उस्तै छ । एचआईभीको संक्रमणबाट बाबु गुमाएका गोपाल पनि एचआईभी संक्रमणमा परेका छन् । उनी संक्रमति आमा धानुको सहारामा छन् ।
बैतडीमा अहिलेसम्म १९ जना बालबालिकाहरुमा एचआईभी संक्रमण रहेको पाइएको छ । उनीहरुलाई शिक्षा र पोषणको समस्या रहेको एचआईभीको क्षेत्रमा काम गरिरहेको  संस्था बहुउद्देश्यीय विकास  समाजका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पनतले बाए । (आजको अन्नपूर्ण दैनिकबाट)
 

Last modified on 2017-12-15 09:47:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts