महोत्तरीमा १० हजार बालबालिकामा कुपोषण



Download our app to get more features

महोत्तरी, ३ पुस । महोत्तरी जिल्लामा करीव १० हजार भन्दा धेरै बालबालिका कुपोषणका कारण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीमा रहेका कुपोषणबाट प्रभावित वालवालिकाहरु मध्ये १ हजार ८ सय ८८ बालबालिका कडा कुपोषितबाट प्रभावित रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख राजिव झाले जानकारी दिए । 

८ देखि ९ हजार बालबालिका मध्यमखाल(माम) कुपोषित बालवालिका हुन सक्ने बताइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले मध्यम कुपोषितबाट प्रभावित लागि जिल्ला भरी ११ वटा वाह्य उपचार केन्द्रस्थापना गरि खोजपडताल,निदान र उपचार गरिरहेको जनाएको छ भने सोहि क्रममा ५०० कडा खालको कुपोषित वच्चाहरुलाई स्वास्थ्य संस्थाको सम्पर्कमा रहि पोषिलो तयारी खाना प्याकेट उपलब्ध गराईएको र उनीहरु  उपचारमा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजिव झाले बताए । 

जिल्लामा कुपोषित बालबालिका संख्या बढ्न थालेको भन्दै कुपोषित वच्चा,गर्भवती आमा र सुत्केरी महिलाहरुलाई  लक्षित मटिहानी,डाम्ही मडै,सिंग्याही,भंगहा र हतिसर्वामा पोसिलो सर्वोत्तम पिठो वितरण गरिने कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 
 

Last modified on 2017-12-18 08:18:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts