कुपोषण न्युनिकरण गर्ने कार्ययोजना बनाउदै सरकार



Download our app to get more features

काठमाडौं, ४ पौष  ।कुपोषणलाई कम गर्न सरकारले दैनिक खानामा प्रयोग गरीने चामलमा पोषक तत्व मिसाउने भएको छ ।

देशमा कुपोषणका कारण बच्चामा हुने पुड्कोपनलाई कम गराउन चामलमा पोषक तत्व मिसाउन लागेको हो । 

बढ्दै गएको कुपोषणलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर छलफल गरी कार्ययोजना बनाउने तयारीमा लागेको बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. बिकास लामिछानेले बताए । उनले भने, बालबालिकामा पुड्को पना बढेको छ । यसलाई न्युनिकरण गर्नु राज्यको दायीत्व हो । त्यसैले कुपोषण न्युनिकरण गर्ने नयाँ कार्ययोजना बनाउन हामी जुटेका हौं । चामलमा पोषक तत्वको मिसावट गर्न सकेको खण्डमा भिटामिन, क्याल्सियम, आइरन जस्ता पोषक तत्वको कमीलाई पूरा गर्ने अनुमान हामीले गरीएका छौं उनले भने । 

सूक्ष्म पोषक तत्व मिसाईन्छ 
लामिछानेले चामलमा सूक्ष्म पोषक तत्व मिलाएर समस्या भएका स्थानमा बितरण गर्ने बताए  । पछिल्लो समय कुपोषण जनस्वास्थ्य समस्याका रूपमा गंभिरताका साथ देखिएको भन्दै सरकारले कुपोषण कम गर्न नयाँ बिधि ल्याउन लागेको हो ।

सरकारी तथ्याङक अनुसार नेपालमा ५ बर्ष मुनिका ३६ प्रतिशत बालबालिका कुपोषणको समस्यामा छन् । सरकारले चामलको अवस्था हेरेर २ प्रतिशतसम्म सूक्ष्म पोषक तत्व भएको खाद्य पदार्थ मिसाउन सक्ने छ । 
 

Last modified on 2017-12-19 14:30:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts