आँखा दान गर्ने बढ्दै



Download our app to get more features

काठमाडौं, १६ पुष । पछिल्लो समय आँखा दान गर्नेको संख्या बढ्दै गएको पाइएको छ । 

राजधानीको गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठानबाट यस वर्ष मात्रै आठ सय ५७ ले आँखा दान गरेका छन् । अघिल्लो वर्ष प्रतिष्ठानले सात सय ९ जनाबाट दानस्वरूप आँखा प्राप्त गरेको थियो । हरेक वर्ष एक हजार जनाबाट आँखा दान लिने लक्ष्य लिएको प्रतिष्ठानको आँखा बैंकका व्यवस्थापन प्रमुख पंखनारायण त्वाएनाले बताए ।

अस्पतालको आँखा बंैकमा हालसम्म ७६ हजारले आँखा दानका लागि इच्छापत्र जाहेर गरेका छन । त्वाएना भन्छन, ‘इच्छापत्र दिनेको संख्या दोब्बरले बढेको छ, हामीले परामर्श दिएकामध्ये ४८ प्रतिशत मृत्युपश्चात आँखा दान गर्न तयार छन ।’ यसबाहेक बैंकले राजधानीका ठूला सरकारी वीर, शिक्षण र पाटन अस्पतालबाट मृत व्यक्तिबाट आँखाको नानी संकलन गरिरहेको छ । 

ती अस्पतालले आफैं पनि यसबारे चेतना फैलाउने काम गर्दै आइरहेका छन । त्यस्तै, पशुपति आर्यघाट, विद्युतीय शवदाह गृहबाट पनि बैंकले आँखानानी जम्मा गर्दै आइरहेको त्वाएनाले जानकारी दिए । ‘यसका लागि आँखा बंैकबाट छुट्टै परामर्शदाता खटाएको छ, उनीहरूले मृतक परिवारलाई आँखादानबारे परामर्श र जानकारी दिन्छन, ‘उनले भने, ‘परामर्शले गर्दा आँखादानीको संख्या वृद्धि गराएको हो ।’ विद्युतीय शवदाह गृहका कारण मात्रै आँखादानको संख्यामा एक तिहाइ वृद्धि भएको त्वाएनाले बताए ।

 

(आजको कान्तिपुर दैनिकमा छापिएको समाचार)

Last modified on 2017-12-31 09:48:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts