बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण



Download our app to get more features

कलैया, १९ पुष । जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ । 

कलैयामा आयोजित अन्र्तक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए । 

उनका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ । 

सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४/७५ मा ५०० महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताए । 

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जनस्वास्थ्यको स्थितिका बारेमा प्रकाश पारेका थिए ।

 

रासस
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts