चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१ प्रतिशत फेल 



Download our app to get more features

काठमाडौं, २० पुस । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।

यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।
मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन ।

यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन ।

काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान ?’ नेपालका मेडिकल कलेजमध्ये त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेर लाइसेन्स परीक्षामा फेल हुनेको संख्या भने १० प्रतिशतभन्दा तल रहेको काउन्सिलका एक पदाधिकारीले बताए ।

गत महिना भएको पछिल्लो लाइसेन्स परीक्षामा देशभित्रकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जनाले परीक्षा दिएका थिए । यीमध्ये ४ सय ३ जना मात्र पास भए । ४१ प्रतिशत अर्थात् २ सय ८० जना फेल भएका थिए ।
 

(आजको कान्तिपुर बाट)
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts