म पनि डा. केसी मलाई पनि पक्राउ गर भन्दै माइतीघरमा स्वस्फूर्त प्रदर्शन सुरु (फोटोहरु)



Download our app to get more features

काठमाण्डौ । सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेसँगै डा. गोविन्द केसीको पक्षमा स्वस्र्फूत जनदबाब कार्यक्रम सुरु भएका छन् । 

अदालत र प्रधानन्यायाधीशविरुद्ध अनशन थालेको केही बेरमै अदालतको आदेशमा प्रहरीले पक्राउ गरेपछि डा. केसीको पक्ष लिँदै अदालतका विरुद्धमा सामाजिक सञ्जाल भरिएको थियो । केसीलाई अपराधीझैं पक्राउ गरेको भन्दै रुष्ट बनेका उनका समर्थकका साथै राजनीतिक दलका नेताहरु समेत माइतीघर पुगेका छन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्राई, साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्र, काँग्रेस नेता गगन थापा लगायत माइतीघर पुगेका छन् । 

Last modified on 2018-01-09 12:16:01

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts