डा. केसीको अनसन जारी



Download our app to get more features

काठमाडौं, २७ पुस ।चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमका प्रा.डा गोविन्द केसीले आफ्नो अनसनलाई जारी राखेका छन् ।

डीन शशी शर्माको पुनरर्वहाली खारेज गर्नुपर्ने भन्दै तीन दिन देखि अनसन जारी राखेका हुन ।

सर्वोच्च अदालतबाट सामान्य तारेखमा रिहा भएसंगै केसीले आफ्नो अनसन जारी रहेको प्रतिक्रिया दिएका थिए ।

सर्वोच्च अदालतबाट बाहिरीने क्रममा पत्रकारहरुमाझ केसीले आफ्नो अनसन जारी रहेको बताए । निकै हसीलो चेडामा देखिएका केसीले सर्वोच्च परिसरममा संक्षिप्त प्रतिक्रिया दिएपछि सिधै अनसन स्थल शिक्षण अस्पताल महाराजगंन्ज लगिएको थियो ।

केसीले आफ्नो अनसन जारी रहने वा तोड्ने बिषयमा बिहीवार मात्रै निर्णय लिने बताए । पत्रकार सम्मेलनको समय भने खुलाएका छैनन ।  

७ः३० मा अनशन स्थल शिक्षण अस्पताल पुगे
सर्वोच्च अदालतबाट बुधवार साँझ साधारण तारखेमा रिहा भएलगत्तै डा केसी पुरानै अनसन स्थल शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । उनलाई प्रहरीको कडा सुरक्षाका बीच प्रहरी एम्बुलेन्समा राखेर ७ः३० बजे अनसन स्थल पुर्याईएको थियो । केसीका सहयोगी डा. जीवन क्षेत्रीका अनुसार अनसन स्थलमा केहीबेर अब कसरी अगाडी जाने अनसन तोड्ने वा नतोड्ने भन्नेमा आन्तरीक छलफल भयो । क्षेत्रीले भने, प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रमाणपत्र छानविन गर्न सर्बोच्चले आदेश दिएको छ । यो सकारात्मक पक्ष हो । केसीको माग अनुसार सत्य तथ्य छानवीन हुनु पर्छ । 

केसीका माग र भएका प्रगती 

माग
पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस् ।

प्रगती : सर्वोच्च अदालतले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरीकता र एसएलसीको सटिफिकेट उपलब्ध गराउन आदेश जारी गरेको छ । 

माग
आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।

प्रगती :डीन शर्माको ४ वर्षे कार्यकाल बिहीवार २८ गते सकिने भएपनि उनी बुधबार बाट डीन पद छाडेका छन् ।

माग
मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।
प्रगती : मेडिकल कलेजको सम्बन्धन दिएको खालि भवन काठमाण्डौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । त्रिवि पदाधिकारीको बर्खास्ती बारे कुनै छलफल भएको छैन । 

माग
थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गरिनु पर्ने ।

प्रगती : यस बिषयमा शिक्षण अस्पताल महाराजगन्जले प्रक्रिया अगाडी बढाउदै गरेको अवस्था । 

माग
शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने ।

प्रगती :टेन्ट गर्ने तयारी सहीत छलफलमा रहेको 

माग
त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।
प्रगती :अहिले सम्म कुनै काम अगाडी बढेको छैन । 
माग
सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था होस् ।  हाल १० प्रतिशत मात्र शैया निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइयोस्। आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाइयोस् । साथै अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपfचारको व्यवस्था गरियोस् ।

प्रगती :स्वास्थ्य उपचार सरकारले गर्ने भएकाले यस विषयमा सरकारी निकाय लगायत सबै पक्षसंग बसेर क्रमिक रुपमा बृद्धी र बिकास गर्दै लैजानु पर्ने भएकाले तत्काल रिजल्ट नदेखिने ।

माग
चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।
प्रगती : चिकित्सक शिक्षा विद्योय पास भएको अवस्थामा केही समय पछि आयोग गठन हुने प्रक्रियामै रहेको  ।

माग
कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था होस्, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गरियोस् । पुस्तकालय चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था होस् ।
प्रगती  : भवन निमार्ण हुने तयारीमा छ ।

माग
अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था होस् ।
प्रगती : हाल अस्पताल फार्मेसी संचालनमा छ त्यसलाई थप विस्तार गर्ने तयारीमा अस्पताल लागेको छ ।

माग
इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचार सेवा बिस्तार गरियोस् । आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवा दिने व्यवस्था होस् । अपरेशनको ’क्यू’ घटाइयोस् । साथै संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गरियोस् ।

प्रगतीः यसका लागी ईएचएस सेवा सुरु गर्ने तयारीमा अस्पताल रहेको ।

माग
चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था होस् । नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारिका नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई पदस्थापना, स्थायी र बढुवा नगरियोस् र  गरेकालाई खारेज गरियोस् ।

प्रगतीः आवश्यक विषय भएकाले यसमा छलफल गरी अगाडी बढ्ने ।


(आजको नयाँ पत्रिका दैनिकबाट)
 

Last modified on 2018-01-11 09:52:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts