डा. केसीले अनशन तोड्ने, स्वास्थ्यमन्त्रीसँग पाँच बुँदे सम्झौता (पूर्णपाठ सहित)



Download our app to get more features

काठमाण्डौ, २८ पुष । पाँचदिनदेखि आमरण अनशनरत शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले अनशन तोड्ने भएका छन् । 

सरकारका तर्फबाट शुक्रबार वार्ता गर्न पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरासँग पाँच बुँदै सम्झौता भएसँगै केसी अनशन तोड्न तयार भएका हुन् । डा. केसी र स्वास्थ्यमन्त्री दीपक बोहोराबीच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति  ७ दिनभित्र गठन गर्ने, सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने, आइओएमका कटौति भएका अधिकार फिर्ता गर्ने त्रिवि कुलपतिले तत्काल सिनेटको बैठक बोलाउने लगायत सहमति भएका छन् । 

सहमति पश्चात केसीले भोलि बिहान दशबजे डा. केसीले  अनशन तोड्ने बताइएको छ । 

यस्तो छ सम्झौतापत्र

Last modified on 2018-01-13 10:15:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts