'जुनियर'लाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको झोकमा डा. पन्तले दिए राजीनामा



Download our app to get more features

काठमाण्डौ, ३ माघ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेल नियुक्त भएसँगै निवर्तमान महानिर्देशक डा. राजेन्द्र पन्तले जुनियरलाई महानिर्देशक बनाएको भन्दै सरकारी सेवाबाटै राजीनामा दिएका छन् । 

स्वास्थ्य मन्त्री दीपक बोहोराले गलत निर्णय गरेको र त्यसको सहजीकरण स्वास्थ्य सचिव र मन्त्रीका सल्लाहकार यशोवर्धन प्रधानले गरेको भन्दै पन्तले उनीहरुमाथि पनि आक्रोश पोखेको मन्त्रालय स्रोतले जनाएको छ । आफुभन्दा जुनियरलाई महानिर्देशक बनाएर आफुलाई मन्त्रालय तानेपछि पन्त तनावमा परेका थिए । यद्यपी नवनियुक्त पौडेल पनि एघारौं तहकै हुन र पन्तपनि एघारौं तहकै हुन् ।

डा. पन्तलाई राजीनामा नदिन मन्त्रालयका उच्च अधिकारीहरुले प्रयत्न गरेपनि उनले नमानेर मन्त्रीको सचिवालयमा राजीनामा पेश गरेको बुझिएको छ । 

स्वास्थ्य मन्त्री दीपक बोहराले पुष मसान्तको निर्णयमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. पौडेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएसँगै महानिर्देशक रहेका डा. राजेन्द्र पन्तलाई मन्त्रालयमा तानेर भूमिका बिहीन बनाइएको थियो । 

Last modified on 2018-01-17 17:37:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts