सहरी क्षेत्रमा फैलिदै स्क्रब टाईफस, ललितपुरमा १० जना बिरामी 



Download our app to get more features

काठमाडौं, ११ माघ । सरकारी बेवास्ताका कारण निकै जोखिम युक्त मानिएको स्क्रब टाईफस सहर केन्द्रीत बन्न थालेको छ ।

सरकारी निकायले समयमा चासो नदिदा नयाँ रोगहरु सहर केन्द्रीत हुन थालेका छन् । 
यस अघि तराईका केही भाग र पहाडी जिल्लामा छिटफुट देखिदै आएको अति शंवेदनसिल मानिएको स्क्रब टाईफस पछिल्लो समय उपत्यका केन्द्रीत हुन थालेको छ । केही दिन यता ललितपुरमा स्क्रब टाईफस देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरका अनुसार जिल्लामा १० जनामा स्क्रब टाईफसका बिरामी देखिएका छन् । 

स्क्रब टाईफस प्रायःगर्मी मौसममा देखिने रोग भएपनि समयमैै उपचार नपाउँदा चिसोमा पनि देखिएको हो । चिकित्सकहरुले स्क्रब टाईफस बारे पटक पटक सरकारको ध्यान खिच्न खोजेपनि रोग नियन्त्रण गर्ने निकाय कानमा तेल हालेर बस्ने गरेको छ । 
जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले ललितपुरमा आश्यर्च लाग्दो रूपमा स्क्रब टाईफस देखा परेको बताए । 

रोग पत्ता लगाउने चिकित्सक माथि खनिन्छ सरकार
चिकित्सकका अनुसार नेपालीहरु विश्वका जुनसुकै देशमा रोजगारीको खोजिमा पुगेका छन् । उनिहरुले पश्चिमा मुलुकबाट स्वदेश फर्कदा बिभिन्न नयाँ रोगको संक्रमण लिएर आउने गरेका छन् । जुन रोग आज नेपालमा पनि देखिन थालेको छ । 
करिब ४ बर्ष अघि बिभिन्न रोगहरुका बिषयमा बिश्वभरका चिकित्सकहरसंग सहकार्य गरी सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपाली बिरामीहरुमा देखिएको रोगका लक्षणका आधारमा नेपाल पनि स्क्रब टाईफसको जोखिममा भन्दै एक जर्नल मार्फत सार्वजनीक गरेका थिए । 

पुनले भने, मैले पटक पटक सरकारलाई जानकारी गराएको छु । तर, संम्बन्धीत निकायले बेवास्ता गर्दा नयाँ रोगहरुले नेपालमा फैलिने मौका पाईरहेको छ । ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्य डा पुनले दिएको रिपोर्टलाई आधार नमान्ने बताउछन् । 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको सो महाशाखाले डा. पुनको सुझावलाई जहिले पनि हावादारी भन्दै सार्वजनीक रुपमै होच्याउने गरेको छ । स्क्रब टाईफस बारे सरकारले बेलैमा चासो नदिए दिर्घकालीन रुपमा गंभिर समस्या ल्याउन सक्ने डा. पुन दावी गर्छन । 
नेपालमा हामीले स्क्रब टाईफस भनेका छौं पुनले भने, ‘लक्षण र बिरामीको अवस्था हेर्दा यसलाई स्क्रब टाईफस भन्ने वा अरुनै नाम दिने अन्यौलमा परेका छौं ।’
 

स्क्रब टाईफसले महामारीको रुप लिन सक्छ 
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार गोदावरी, मंगलबजार, खुमलटार, हरिसिद्धि र धापाखेलमा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्लामा स्क्रब टाइफस फेला परेपछि जनस्वास्थ्य कार्यालयले सचेत रहन र आवश्यक सुरक्षा अपनाउन सबैमा अपिल गरेको छ । मुसामा हुने किर्नाबाट मानिसमा सरको देखियो शर्माले भने, हामीले भैपरि आउने समस्यालाई ध्यानमा राखेर हुलिया गर्यौ तर, कुनै सुधार भएको छैन ।

यही अवस्था रहने हो भने सहरी क्षेत्रमा महामारीको रुपमा देखिन सक्छ उनले भने ।’ उनले सरकारी निकाय कसले जिम्मा लिने भन्नेमै समस्या देखिएको स्पष्ट पारे । 

स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिले निको हुन्छ डा. पुनले भने । जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरले स्क्रब टाईफसलाई नियन्त्रण गर्न मुसा लुक्ने ठाउँ टाल्न, पानी जम्ने खाल्डा पुर्न, सफा सुघर नगर राख्न स्थानीयलाई आग्रह गरेको छ ।

के हो स्क्रब टाईफस ?
चिकित्सकले बताए अनुसार मुसाका कानमा बस्ने (एक प्रकारको सूक्ष्म किरा) माइट मानिसमा सर्छ । झाडी, चौर, झारपात, पुराना काठ आदिमा बस्ने किराले मुसा मार्फत मान्छेमा सरेपछि मानिस स्क्रब टाइफसको सङ्क्रमित हुन्छ । प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घर वरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने स्क्रब टाईफस पछिल्लो केही समय यता सहरमा पनि देखा पर्न थाल्नुलाई चिकित्सकहरुले गंभिरताका साथ लिएका छन् । 

स्क्रब टाईफस लागेका बिरामीलाई १ सय ५ डिग्री सम्म ज्वरो आउने, घाँटी वरिपरि मसिना बिबिरा आउने, पसिना आउने, टाउँको दुख्ने र मुख्य गरी श्वास प्रश्वासमा समस्या देखिने गर्छ । डा. पुनका अनुसार स्क्रब टाईफस लागेका बिरामीहरुलाई डक्सिसाईक्लिन नामक औषधि सुरुवाती समयमा चलाएको खण्डमा बिरामी निको हुन्छ । गर्भवती महिला र ८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सो औषधिको अलवा एजिथ्रो माईसिन चलाउनु पर्छ । एक हप्ता सम्म बिहान र बेलुका नियमीत औषधि सेवन गरेको खण्डमा ठिक हुन्छ डा. पुनले भने । 

(आजको नयाँपत्रिका दैनिकबाट)

Last modified on 2018-01-27 13:06:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts