पाटन अस्पतालको दुर्दशा, अधिकांश बेड ईटाको भरमा

लड्ने त्रासले बिरामी रातभर जागै



Download our app to get more features

काठमाडौं, ११ माघ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको उपचारमा चरम लापरर्वाही गरेको पाईएको छ ।

स्वास्थ्य क्षेत्रमा निकै अगाडी मानिएको पाटन अस्पतालका अधिकांस बिरामी राख्ने वेडहरु ईटाको भरमा अडेर सेवा प्रवाह गरेका छन । 
ईटाले अड्याएका वेडमा बिरामी राखेर स्वास्थ्य उपचार गर्दा पाटन अस्पतालले बिरामीलाई दिएको सेवामा प्रश्न उब्जिएको छ । स्वास्थ्य उपचारका लागि बिश्वासिलो मानेर उपचार गर्न पाटन अस्पताल आएका बिरामीहरु वेडको अवस्था देखेर थप बिरामी पर्ने गरेका छन् । वेडबाट लड्ने डरले उपचार गराईरहेका बिरामीहरु रातभर जागै बस्ने गरेको पाइएको छ । 

धादिङ्ग सल्यानटार बाट उपचार गराउन एक हप्ता अघि पाटन अस्पताल आएका १८ वर्षका पुर्न दरैले आफुले यस्तो अवस्था जीवनमा पहिलो पटक देखेको बताए । जन्डीस भएपछि मलाई थप उपचार र आरामका लागि पाटन अस्पतालमा जिल्ला अस्पतालबाट रिफर गरियो उनले भने, ‘तर, यहाँ आराम त के वेडमा हल्लिन समेत पाएको छैन । चारै तिर दुई देखि तीन वटा सम्म ईटा लगाएर वेडलाई अड्याएर राखिएको छ । लडीन त्रासले रातभर सुत्ने गरेको छैन ।’

मेडिकल वार्डका सबै वेड ईटाको भरमा 
अस्पतालको मेडिकल वार्डमा रहेका सबै वेडहरु ईटाको भरमा अडेका छन् । ईटामाथि वेड र वेडमाथि सिकिस्त बिरामी सुताईएको छ । बिरामी सुताउदा उठाउँदा मात्रै हैन, ओल्टे कोल्टे पर्दा समेत वेडहरु हल्लिने गरेका छन् । हामीले पटक पटक गुनोसो गरेका छौं दोलखा बाट आएका संजीव लामाले भने, तर, अहिले सम्म प्रशासनले कुनै चासो दिएको छैन । उनले कहीले काही बिरामी वेडबाटै लड्ने गरेको समेत बताए । हामी स्वास्थ्य उपचार गर्न यहाँ आएका थियौं । स्वास्थ्य जोखिममा राखेर सेवा लिएका छौं हेरौं के हुन्छ लामाले भने । 

मर्मत संहारका लागी ६७ लाख खर्च काम शुन्य
विरामीलाई जोखिम युक्त सेवा दिएको विषयमा अस्पताल प्रशसानले स्वीकार गरेको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालको आन्तरीक समस्याका कारण जोखिममा बिरामीले सेवा लिन बाध्य भएको बताए । अस्पताल उपकरणको र्ममतका लागि भनेर यस बर्ष मात्रै ४० लाख बिनियोजन गरेकोमा नपुगेर ६७ लाख खर्च भएको उनले बताए । निर्देशक शर्माका अनुसार अस्पतालले भन्टिलेटर, झ्याल ढोका वेड सबै क्षेत्रमा उत्त रकम खर्च गरेको छ । अस्पतालले मर्मतका लागि ठुलो रकम खर्च गरेको बताए पनि अस्पतालको पूर्वाधारमा कुनै काम भएको देखिदैन । अस्पतालले केही समय अघि मात्रै १ सय वेड नयाँ थप गरेको थियो । नयाँ वेड किने पनि  धेरै अपुग रहेको छ उनले भने, ‘अहिले जसो तसो चलाएका छौं ।’ शर्माले पाटन अस्पतालको पूर्वाधार सुधारका लागि अस्पतालले मात्रै नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।  

बिरामी केही भए जिम्मा लिन बाध्य छौं  
हामीलाई यसरी ढुङ्गाको भरमा वेड अड्याएर बिरामीको उपचार गर्ने रहर छैन । हाम्रो बाध्यता भएको छ निर्देशक शर्माले भने । हामी अस्पतालमा यस्तो अवस्था आओस् भन्ने चाहनामा थिएनौं । उनले बाध्यता बस जोखिम युक्त तरिकाले जानाजान बिरामीलाई स्वास्थ्य उपचार गर्नु परेको तितो यथार्थ रहेको बताए । ढुङ्गाको आडमा वेड राखेर सेवा दिदा बिरामी लडे हाम्रो थाप्लोमा आउँछ, त्यसको अब्जस हामीले व्यहोर्नु परेको छ र पर्छ पनि । शर्माले समस्याका बिचमा पनि बिरामीलाई स्वास्थ्य सेवा दिएको विषयमा गर्व गर्नुपर्ने बताए ।

कर्मचारी कै गुनाँसो
निर्देशक शर्माले जोखिममा स्वास्थ्य सेवा दिनु परेको भन्दै दिनहु प्रशासन समक्ष कर्मचारीको गुनासो आउने गरेको स्पष्ट पारे । हामी सक्षम नभएकै कारण हाम्रा कर्मचारीले दिनहु गुनासो राख्ने गरेका हुन । दिनमा १० जनाले सेवाको बारेमा प्रशासन समक्ष गुनासो लिएर कर्मचारी आउने गर्छन उनले भने । राम्रो वेड नहुदा सम्म बिरामीको स्वास्थ्य उपचार हामी गर्दैनौं भन्नेर बिरामी अन्त्तै पठाउने आधार पनि अस्पताल समक्ष छैन शर्माले भने, यो निकै गंभिर र जटिल बिषय हो । 
(आजको नयाँपत्रिका दैनिकबाट)
 

Last modified on 2018-01-25 08:40:45

1 Comments

  1. Medical ward ko sabai bed haru ko photo rakhnu na.. 1-2 ota bed testo vayo vandai maa sabai vanna milcha reporter ji... ho 1-2 ota holan ani ramro pakshya ni hernu ni...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts