धुवाँ धुलोले महिनावारीमा अनियमितता !



Download our app to get more features

काठमाडौ, १९ माघ । नेपालको वायु प्रदुषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अध्ययनले औल्याएको छ । अमेरिकाको येले र कोलम्बिया यूनिर्भसिटीले वल्र्ड इकोनमी फोरमसँगको साझेदारीमा हालै सार्वजनिक गरेको इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स ०१८ इपीआइ प्रतिवेदन अनुसार नेपाल विश्वका पाँच खराब वायु प्रदुषणयुक्त देशको सूचीमा छ । 

विशेषगरी काठमाडौं र शहरी क्षेत्रमा भइरहेका सडक निमार्णको धुवाँ धुलोले यहाँका बासिन्दा उच्च प्रदुषणको चपेटामा परेको हुन् । वायु प्रदुषित हुनुमा सडक निमार्ण, फोहोर मैला व्यवस्थापन अभाव, सवारी साधनको चाप आदि रहेका छन् । यसको प्रत्यक्ष असर बालबालिका, वद्धवृद्धामा परिरहेको चिकित्सकहरू बताउँछन् । 

साथै प्रदुषणको मारमा पैदलयात्री र सडक किनारामा दिनभर बसेर व्यापार व्यवसाय गर्ने पनि पर्दै आएका छन् । जाडो मौसम त्यसमाथि धुलो धुवाँले निमोनियाका बिरामी, श्वास प्रश्वासमा समस्या, दम, मोतीबिन्दु लगायतका रोगी पनि बढाइरहेको छ । स्कूल कलेजमा अध्यनरत बालबलिकामा पनि धुवाँ धुलोको कारण समस्या देखिन थालेको छ अविभावकहरूको भनाइ छ । 

प्रदुषणले गर्दा समाजमा थुप्रै समस्या उब्जिएको छ । सायद कतिलाई त धुवाँकै कारण समस्या भइरहेको थाहा नभएको पनि हुन सक्छ । प्रदुषणका कारणले गर्दा किशोरीहरूमा धेरै असर परेको हुन्छ । वायु प्रदुषणको असरले किशोरीहरूको महिनावारीमा समेत समस्या पर्छ । ह्यूमन रिप्रोडक्शन पुस्तकका अनुसार वायु प्रदुषणले महिलामा बाँझोपनको समस्या समेत देखिन्छ । दुषित वातावरणमा महिनावारी भएको छ भने उसमा समस्या आउन सक्छ । दुषित हावाका कारण हर्मोनमा ब्यालेन्स मिल्दैन र महिनावारीमा गडबडी हुन्छ ।

वायू प्रदुषणबाट गर्भवती महिला सावधान हुनु जरुरी छ । गभर्वती महिलामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकोले वायुमा भएका जुनसुकै किटाणुले पनि सजिलै आक्रमण गर्न सक्छ र गम्भीर रोग समेत लाग्न सक्छ । वायु प्रदुषणले आमालाई मात्र नभएर पेटमा भएको बच्चालाई समेत असर पुर्याउँछ ।


 

Last modified on 2018-02-03 10:45:28

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts